१ आश्विन २०८३, बिहीबार
,
Latest
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा थप एक जनामा ओमिक्रोन पुष्टि



अ+ अ-

काठमाडौं । नेपालमा थप एक जनामा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राले बुधबार प्रेस ब्रिफिङका क्रममा नेपालका ९८ वर्षीय पुरुषमा ओमिक्रोन पुष्टि भएको जानकारी दिएकी हुन् ।

मन्त्रालयका अनुसार संक्रमित अहिले मन्त्रालयको निगरानीमा आइसोलेसनमा रहेको र उनको सम्पर्कमा आएका अरू व्यक्तिको ‘कन्ट्याक ट्रेसिङ’ भइरहेको छ ।

यसअघि, बेलायतबाट नेपाल आएका एकजना विदेशी र उनको सम्पर्कमा आएका एक नेपालीमा ओमिक्रोन पुष्टि भएको थियो । हाल उनीहरू संक्रमणमुक्त भइसकेको मन्त्रालयले जनाएको छ ।

नेपालमा ओमिक्रोन देखिएको यो तेस्रो केस रहेको छ ।