१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

प्लाष्टिकमुक्त अभियान प्रभावहिन

प्लाष्टिकमुक्त अभियान प्रभावहिन
अ अ+ अ-

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको ‘प्लाष्टिकमुक्त नेपालगञ्ज शहर’ अभियान प्रभावहिन बन्दै गएको छ । अभियानअन्तर्गत उपमहानगरपालिकाले प्लाष्टिकजन्य फोहरले गरेको असर र अबको निकासका लागि ‘ऐनाफोटो प्रदर्शनी’, विभिन्न सूचना, शिक्षा तथा सन्दर्भ सामग्री तयार गरेर नगरका चोक-चोकमा झुण्ड्याइएको त छ, तर, परिणाम शून्य प्रतिशत भन्दामाथि उठन सकेको छैन् ।

‘हामी अभियानलाई सार्थक परिणाम सम्म पुर्याउन प्रयासरत छौ । विस्तारै सफल हुँदै जाने हो, एकै पटक उल्लेख्य परिणाम त आउदैन्’, नगर प्रमुख डा. धवलशम्शेर राणाले भने ।उपमहानगरपालिकाले गैरसरकारी संस्थाहरुसँग सहकार्य गरेर विकल्पको रुपमा कपडा र कागजका झोला र बोराहरु उत्पादन गरेर बितरण गरेको बताए पनि त्यसको प्रयोग कहि कतै भएको देखिदैन् । झण्डै ४ महिना अघि शुरु गरिएको यो अभियान अहिले कोठे बैठक, सरोकारवालासंगको अन्तरक्रिया, पर्चा, पोष्टरमै मात्र सीमित देखिएको छ ।

अर्कोतर्फ, उपमहानगरपालिकाले प्लाष्टिकजन्य प्रयोगलाई न्यूनीकरण गर्दै निषेध गर्ने सम्मको तयारी गरिरहेकोे जनाए पनि गत बर्षदेखि लागू गरेको फोहरमैला व्यवस्थापन ऐनले प्लाष्टिकजन्य फोहरलाई भने समेट्न सकेको छैन । यो ऐन नै अद्यावधिक गर्नु पर्ने अवस्था एकातिर छ भने अर्कोतफ, यस बर्षको कार्यक्रम र बजेटमा पनि फोहरमैला व्यवस्थापनको दीर्घकालीन योजना बनाउने बिषय समेटिएको छैन ।

नमिलेको विषयवस्तु हामी मिलाउछौ, ऐन, नियम बनाउनेदेखि संशोधन गर्ने, बजेट विनियोजन गर्ने लगायतका सबै कुरा अभियानको कार्यक्रम भित्र समेटिने नगर प्रमुख राणाको भनाइ छ । अभियानको कार्यक्रमअन्तर्गत अहिले विभिन्न संघ संस्थाहरुले प्लाष्टिकजन्य फोहर संकलन पनि गरिरहेका छन् तर प्लाष्टिकजन्य पदार्थलाई छुट्याएर राख्ने भने गरिएको छैन ।

उपमहानगरपालिकाले विशेषगरि पोलिथिन प्रयोग नियन्त्रणको पहल गरिरहेको छ । कपडा र कागजको झोला प्रयोगलाई प्रोत्साहन गरिरहेको छ । तर प्लाष्टिक जन्य प्रदुषण रोक्न सरकारी निकायको पहलले मात्र सम्भव छैन । नेपालगञ्जमा प्लाष्टिकका झोला उत्पादन गर्ने प्रयास गरिएको छ तर त्यसले अझैं बजार पाएको छैन ।