२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आणविक कार्यक्रमबाट ‘पछि नहट्ने’ उत्तर कोरियाको भनाइ



फाइल तस्बिर : एपी/रासस
अ+ अ-

सियोल। उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने भन्दै निशस्त्रीकरणको अमेरिकी आग्रहलाई आइतबार अस्वीकार गरेको छ ।

उत्तर कोरियाले फेरि एकपटक अमेरिकालाई खुला चुनौती दिँदै आफ्नो परमाणु हतियार कार्यक्रम नरोक्ने स्पष्ट पारेको हो । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले आणविक निःशस्त्रीकरणको अमेरिकी मागलाई पुरानो र अव्यावहारिक सपना बताउनु्भयो ।

उहाँले अमेरिका र उसका सहयोगीहरूको चेतावनीका बीच उत्तर कोरियाले आफ्नो परमाणु शस्त्रागारलाई बलियो बनाइरहने बताउनुभयो । यो अभिव्यक्तिले फेरि एकपटक कोरियाली प्रायद्वीपमा तनाव बढाएको छ ।

उत्तर कोरियाका वरिष्ठ नेता यो जोङले आफूले उत्तर कोरियालाई आणविक शक्तिका रूपमा मान्यता दिएको र यसलाई परिवर्तन गर्ने अमेरिकी प्रयासको कुनै कानुनी महत्व नभएको बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङ उत्तर कोरियाको आणविक निःशस्त्रीकरणका लागि सहमत भएको भन्ने अमेरिकी दाबीलाई पनि उहाँले खण्डन गर्नुभयो ।

उहाँले अमेरिका अझै पनि पुरानो सोचमा फसेको बताउनुभयो । उत्तर कोरिया पछि हट्ने छैन र आफ्नो सुरक्षाका लागि आफ्नो परमाणु शक्ति बढाउने क्रम जारी राख्नेछ ।

उत्तर कोरियाले आफ्नो आणविक हतियार र क्षेप्यास्त्र कार्यक्रमलाई बलियो बनाइरहेको छ । सन् २०१९ मा राष्ट्रपति ट्रम्प र नेता किम जोङ उनबीचको वार्ता असफल भएपछि उत्तर कोरियाले आफ्नो हतियार कार्यक्रमलाई तीव्रता दिएको थियो ।

हालसालै किम जोङ उनले आणविक सामग्री उत्पादन प्लान्टको भ्रमण गर्नुभएको थियो । सो अवसरमा उहाँले मुलुकको आणविक शक्ति कैयौँ गुणा तीव्र रुपमा बढाइने बताउनुभएको थियो ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले आइतबार किम जोङ उनले पनि एउटा हतियार कारखानाको भ्रमण गरी क्षेप्यास्त्र उत्पादन क्षमतामा साढे दुई गुणा वृद्धि गर्न आदेश दिएको जनाएको थियो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले उत्तर कोरियाको भ्रमण गर्ने कार्यक्रम भइरहेका बेला यो भनाइ आएको हो । यो भ्रमणमार्फत चीन उत्तर कोरियामा आफ्नो प्रभाव बलियो बनाउन चाहेको अनुमान गरिएको छ ।

चीनले आणविक निशस्त्रीकरणको मुद्दा प्रत्यक्ष रुपमा नउठाउने तर आर्थिक सहयोग बढाउन जोड दिने विज्ञहरुको विश्वास छ । अर्कोतर्फ उत्तर कोरिया भने रुससँग नजिक हुँदै गएको देखिन्छ ।

अमेरिका र दक्षिण कोरियाले युक्रेन युद्धमा रुसलाई सहयोग गर्न हतियार र सेना पठाएको आरोप लगाएका छन् । प्योङयाङले रूसलाई गरेको सैन्य सहयोगको बदलामा रुसबाट आर्थिक र सैन्य सहयोग प्राप्त गरिरहेको छ ।

यो जोङले अमेरिका र दक्षिण कोरियाले लगातार हतियार बढाएको आरोप लगाउँदै दुवै देशले सैन्य दबाब प्रयोग गरेर उत्तर कोरियालाई धम्क्याउन खोजेको दावी पनि गर्नुभएको छ । यही कारण उत्तर कोरियाले आफ्नो परमाणु क्षमतालाई थप बलियो बनाइरहेको छ उहाँको दावी रहेको छ ।

प्योङयाङबारे जानकार स्रोतका अनुसार उत्तर कोरिया अब आफूलाई स्थायी परमाणु शक्तिका रुपमा स्थापित गर्न चाहन्छ । यसको उद्देश्य अन्तर्राष्ट्रिय प्रतिबन्ध फुकुवा गर्नु र विश्वव्यापी स्तरमा राजनीतिक मान्यता प्राप्त गर्नु हो तर, अमेरिका र उसका सहयोगी राष्ट्रहरु अझै पनि उत्तर कोरियामाथि दबाब दिइरहेका छन् । रासस