३० श्रावण २०८३, शनिबार
,
Latest
कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी अमेरिकासँग वार्ताका लागि इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द



अ+ अ-

सङ्खुवासभा। चीनसँग सीमा जोडिएको सङ्खुवासभाको भोटखोला गाउँपालिका-१ किमाथाङ्कामा शुक्रबारदेखि नेपाल टेलिकमको इन्टरनेट (फोरजी) सेवा अवरुद्ध भएको छ ।

भोटखोला-१ का वडाध्यक्ष नुर्पु च्यावाले किमाथाङ्का क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा अचानक अवरुद्ध भएको जनाउँदै समस्या देखिएलगत्तै सम्बन्धित निकायलाई जानकारी गराइएको बताउनुभयो । सेवा यथाशीघ्र सञ्चालनमा ल्याउन पहल भइरहेको उहाँको भनाइ छ ।

इन्टरनेट सेवा अवरुद्ध भएपछि स्थानीयवासी सूचना आदानप्रदान गर्न, आफन्तसँग सम्पर्क गर्न तथा विभिन्न अनलाइन सेवा लिनबाट बञ्चित भएका छन् । ‘इन्टरनेट’मार्फत सञ्चालन हुने सरकारी, वित्तीय तथा अन्य सेवामा यसले असर परेको भन्दै तत्काल नियमित रूपमा सेवा सञ्चालनका लागि सरोकार भएका निकायले तत्परता देखाउनुपर्ने स्थानीयले बताएका छन् ।

नेपाल-चीन सीमा क्षेत्रमा अवस्थित किमाथाङ्का व्यापारिक, रणनीतिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्र मानिन्छ । सञ्चार सेवा अवरुद्ध हुँदा स्थानीयसँगै सीमा क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारण, व्यवसायी तथा सेवाग्राही प्रभावित भएका छन् ।

किमाथाङ्का दुर्गम हिमाली क्षेत्रमा पर्ने भएकाले पनि प्राविधिक समस्या हुँदा समाधान गर्न समय लाग्न सक्ने स्थानीयको भनाइ छ ।

यसैबीच, उहाँहरूले समस्या समाधानका लागि प्राविधिक टोली परिचालन गरी शीघ्र सेवा सञ्चालन गर्नुपर्ने माग सम्बन्धित निकायसँग गरेका छन् । रासस