७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली आजै बालुवाटार फर्कनुहुन्छ : प्रचण्ड



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली आजै बालुवाटार फर्किने बताएका छन् । बिहीबार प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्य अवस्थाबारे बुझेका प्रचण्डले अस्पताल परिसरमा पत्रकारहरूसँग सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीलाई भेट्न प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य भीम रावल पनि अस्पताल पुगेका थिए। तर उनीहरूले भने प्रधानमन्त्रीलाई भेट्न पाएनन्। उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिहीबार नै प्रधानमन्त्री ओलीलाई भेटेका थिए।

प्रधानमन्त्री ओलीको बुधबार पनि डायलासिस गरिएको थियो।