७ श्रावण २०८३, बिहीबार
,
Latest
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन: किस्ता भुक्तानीमा ढिलाइ भएपनि अनुदान नगुम्ने चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो बाँडिएका विपी, हेपिएका पुष्पलाल देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु त्रिभूवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा (तस्बिरहरु) देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत… ज्येष्ठ नागरिकको अधिकार प्रत्याभुतिका लागि छुट्टै संरचना आवश्यक–न्यायाधीश हरि फुयाँल आन्तरिक विवादमा जेलिएको काँग्रेस फुटको डिलमाः सभापति थापाको लचकता बिना एकता कठिन लागुऔषधसहित चार जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्न आवश्यक रहेको बताएका छन् ।

आइतबार मन्त्रालयका सञ्चारकर्मीहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले स्वास्थ्य बिमा सुधार कार्यक्रमका लागि ऐन संशोधन गरेर नै अघि बढ्न आवश्यक रहेको बताए।

उनले सरकारले बीमा क्षेत्रमा देखिएको गुनासोहरु तत्काल सम्बोधन गर्नुपर्ने अवस्था आएको पनि बताए । सचिव देवकोटाले सरकारले स्वास्थ्य विमा कार्यक्रमलाई उच्च प्राथमिकता राखेको दाबी समेत गरे।

सरकारले विगतमा वर्षहरुमा भन्दा उक्त कार्यक्रमका लागि दोब्बर बजेट विनियोजन गरेकाले स्वास्थ्य बीमा कार्यक्रम सुधारमा फडको मार्ने अवस्था रहेको सचिव देवकोटाको जिकिर थियो ।

उनले भने, ‘बीमा सुधारको थुप्रै कुराहरु आएका छन् । अहिले जति पनि कामहरु हामीले गरेका छौ । यस सम्बन्धि मिडियामा आएको र अस्ती हामीले गरेका निर्णयहरुको आधारमा हामीले यसलाई तुरुन्तै गर्ने पर्ने हो । यसमा नीतिगत कुराहरु गर्न बाँकि छ । विमा ऐन संशोधन गर्नुपर्ने हुन्छ । साउन १ गतेबाट यो कुरा गर्नुपर्ने हुन्छ । मेरो मनको कुरा नै कसैले चोर्नुभएको छ । साउन १ गतेदेखि कसरी क्याविनेटमा लगेर हुन्छ, कसरी यो सबैलाई गर्ने होला रु भनेर मैले सोचिराखेको छु । यो कुरा तपाईहरु कसैले पनि यहाँ भन्नुभएको छ । यो विमा सुधारका लागि एउटा ठूलो फडको हो । यसमा सरकारको प्रायोरिटी छ भन्ने कुरा दोब्बर गरेर सरकारले देखाएको छ । चालू आर्थिक वर्षलाई छोडने हो भने विगत वर्षहरुमा विमाका लागि साढे ७ अर्ब बजेट हुन्थ्यो । आगामी वर्षका लागि १५ अर्व विनियोजन भएको छ । त्यो भन्नुको मतलव यो हाई प्रायोरिटीमा छ ।’

सचिव देवकोटाले सरकारले आगामी ३ वर्षभित्र आधार स्वास्थ्य सेवा आम नागरिकलाई पु¥याउने गरी सरकारले काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।




भर्खरै