२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन



अ+ अ-

काठमाडाैँ । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र साहको नेपाल भारत सीमा विवादसम्बन्धी अधिव्यक्ति विरुद्ध प्रर्दशन गरेको छ ।
शनिवार श्रम संस्कृति पार्टीले माईतीघरमा प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध खबरदारी सभा आयोजना गरि विरोध प्रदर्शन गरेको हो ।

प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा सम्बोधन गर्नेक्रममा ‘नेपालले पनि भारतको भुमी मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिनुभएको थियो । सो अभिव्यक्ति पछि विपक्षी दल तथा नागरिक अगुवाहरुले प्रधानमन्त्रीको विरुद्ध प्रदर्शन गर्दै आएका छन् । प्रदर्शनमा सहभागी दलबहादुर गुरुङले प्रधानमन्त्रीले गलत अभिव्यक्ति दिएको बताउनु भयो ।

उहाँले प्रधानमन्त्रीले नेपालको भूकमी अरुलाई पनि मिच्न नदिने र नेपालले अरुको भूमी मिचेको भन्ने अभिव्यक्ति झुटो भएको बताउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्रीले माफी नमागेसम्म धर्ना दिईराख्ने बताउनु भयो ।

प्रदर्शनमा सहभागीहरुले ‘संसदमा प्रधानमन्त्रीले दिएको तथ्यहीन अभिव्यक्ति फिर्ता गर’, ‘सिंहदरबारको कुर्सीमा बस्दा नेपालीको भरोसा बन, कसैको कठपुतली नबन !’, ‘नेपाली माटोको रक्षा गर’, ‘राष्ट्रको सम्मान जोगाऔँ, गैर जिम्मेवार अभिव्यक्तिको विरोध गरौँ’, ‘नेपालीको प्रधानमन्त्री हो की विदेशीको दलाल हो ?’, लम्पसार कुटनीति होईन, स्वाभिमानको अडान राख’ लगायत नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।