८ असार २०८३, सोमबार
,
Latest
इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति काभ्रेपलाञ्चोकमा दुई टिपरमा च्यापिएर युवकको मृत्यु नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने ५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द कालीकोटकाे रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस रणनीतिक कमजोरी नसुध्रिँदा एफएटीएफको ग्रे लिस्टबाट बाहिरिन सकेन नेपाल सुनचाँदीको मूल्यमा वृद्धि, साेमबार कतिमा हुँदैछ कारोबार ? प्रतिनिधि नामावली सच्याउन ढिलाइ हुँदा रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन सुरू, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित तनहुँमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिकित्सक नहुँदा प्रसूति सेवा बन्द



अ+ अ-

खाँदबारी । सङ्खुवासभा जिल्ला अस्पतालमा निक साइमन नामक संस्थाका चिकित्सक बिदामा बसेपछि प्रसूति सेवा बन्द भएको छ । यो संस्थाका सबै चिकित्सक एकैपटक बिदामा बसेको अस्पताल प्रशासनले जनाएको छ । निःशुल्क रूपमा सेवा दिँदै आएको यो संस्थाका चिकित्सक एकै पटक बिदामा बसेपछि सेवा प्रभावित भएको छ । अस्पताल रित्तै पारेर चिकित्सक बिदामा हिँडेका छन् ।

सुरक्षित मातृत्व सेवाका चिकित्सक घर बिदामा गएपछि प्रसूति सेवा अवरुद्ध भएको हो । यही कात्तिक ८ गते एकैसाथ चिकित्सक बिदामा बसेपछि पाँच दिनमा ६ जनाभन्दा बढी गर्भवतीलाई अन्यत्र ‘रिफर’ गरिएको छ । शल्यक्रियाबाट सुत्केरी गराउने सेवा बन्द हुँदा समस्या भएको स्थानीयवासीको भनाइ छ । दुई चिकित्सकमध्ये एक जना घर बिदामा गएका कारण सेवा अवरुद्ध भएको अस्पताल प्रशासन शाखाका दीपेश श्रेष्ठले जानकारी दिए ।

अस्पतालका दुई चिकित्सकमध्ये एक जना बिदा लिएर घर गएपछि ८ गतेदेखि प्रसूति सेवा अवरुद्ध हुन पुगेको हो । संस्थाले सुरक्षित मातृत्व सेवाका लागि जिल्ला अस्पताल खाँदबारीमा दुई जना चिकित्सक नियुक्त गरेको छ । जिल्ला अस्पतालमा चिकित्सक नभएपछि २४ घण्टे प्रसूति सेवा शुक्रबारबाट ठप्प भएको हो । चिकित्सक नभएपछि प्रसूति सेवा गराउन आउने सेवाग्राही मारमा परेका छन् । अहिले दैनिक पाँच जनाभन्दा बढी प्रसूति सेवा लिन आउने गरेको जिल्ला अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।

प्रसूति सेवा लिन सङ्खुवासभा, भोजपुरको षडानन्द नगरपालिका, साल्पा सिलिच्छो गाउँपालिका र धनकुटाको महालक्ष्मी नगरपालिकाबाट समेत आउन गरेका छन् । जिल्ला अस्पतालमा चौबिसै घण्टा प्रसूति सेवा अवरुद्ध भएपछि लाखौं रकम खर्चेर धरान, विराटनगर र इटहरी जानुपर्ने बाध्यता छ । पाँच दिन दिनदेखि अस्पतालमा प्रसूति सेवा प्रभावित हुँदै आए पनि अस्पतालले चिकित्सक व्यवस्थापनका लागि चासो देखाएको छैन ।