७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिकित्सक नहुँदा प्रसूति सेवा बन्द



अ+ अ-

खाँदबारी । सङ्खुवासभा जिल्ला अस्पतालमा निक साइमन नामक संस्थाका चिकित्सक बिदामा बसेपछि प्रसूति सेवा बन्द भएको छ । यो संस्थाका सबै चिकित्सक एकैपटक बिदामा बसेको अस्पताल प्रशासनले जनाएको छ । निःशुल्क रूपमा सेवा दिँदै आएको यो संस्थाका चिकित्सक एकै पटक बिदामा बसेपछि सेवा प्रभावित भएको छ । अस्पताल रित्तै पारेर चिकित्सक बिदामा हिँडेका छन् ।

सुरक्षित मातृत्व सेवाका चिकित्सक घर बिदामा गएपछि प्रसूति सेवा अवरुद्ध भएको हो । यही कात्तिक ८ गते एकैसाथ चिकित्सक बिदामा बसेपछि पाँच दिनमा ६ जनाभन्दा बढी गर्भवतीलाई अन्यत्र ‘रिफर’ गरिएको छ । शल्यक्रियाबाट सुत्केरी गराउने सेवा बन्द हुँदा समस्या भएको स्थानीयवासीको भनाइ छ । दुई चिकित्सकमध्ये एक जना घर बिदामा गएका कारण सेवा अवरुद्ध भएको अस्पताल प्रशासन शाखाका दीपेश श्रेष्ठले जानकारी दिए ।

अस्पतालका दुई चिकित्सकमध्ये एक जना बिदा लिएर घर गएपछि ८ गतेदेखि प्रसूति सेवा अवरुद्ध हुन पुगेको हो । संस्थाले सुरक्षित मातृत्व सेवाका लागि जिल्ला अस्पताल खाँदबारीमा दुई जना चिकित्सक नियुक्त गरेको छ । जिल्ला अस्पतालमा चिकित्सक नभएपछि २४ घण्टे प्रसूति सेवा शुक्रबारबाट ठप्प भएको हो । चिकित्सक नभएपछि प्रसूति सेवा गराउन आउने सेवाग्राही मारमा परेका छन् । अहिले दैनिक पाँच जनाभन्दा बढी प्रसूति सेवा लिन आउने गरेको जिल्ला अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।

प्रसूति सेवा लिन सङ्खुवासभा, भोजपुरको षडानन्द नगरपालिका, साल्पा सिलिच्छो गाउँपालिका र धनकुटाको महालक्ष्मी नगरपालिकाबाट समेत आउन गरेका छन् । जिल्ला अस्पतालमा चौबिसै घण्टा प्रसूति सेवा अवरुद्ध भएपछि लाखौं रकम खर्चेर धरान, विराटनगर र इटहरी जानुपर्ने बाध्यता छ । पाँच दिन दिनदेखि अस्पतालमा प्रसूति सेवा प्रभावित हुँदै आए पनि अस्पतालले चिकित्सक व्यवस्थापनका लागि चासो देखाएको छैन ।