२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडाैँ । कोलम्बियाको मध्य भागस्थित एक विभागको कोइला खानीमा भएको विस्फोटमा ७ जना खानी मजदुरको मृत्यु भएको स्थानीय अधिकारीहरूले शुक्रबार पुष्टि गरेका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार बिहीबार दिउँसो एक नगरपालिकामा रहेको खानीमा विस्फोट भएको थियो। प्रारम्भिक अनुसन्धानले भूमिगत रूपमा ग्यास जमेर विस्फोट भएको देखाएको छ ।

दुर्घटनापछि उद्धार टोलीहरू तत्काल घटनास्थलमा परिचालन गरिएको थियो । सम्बन्धित विभागका गभर्नरले सामाजिक सञ्जालमार्फत मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै ज्यान गुमाएका मजदुरहरूको नाम सार्वजनिक गरेका छन् ।

उहाँले राष्ट्रिय खानी निकायले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन औपचारिक अनुसन्धान सुरु गर्ने बताएका छन् । कोलम्बियाको मध्य क्षेत्रमा खानी दुर्घटनाहरू असामान्य होइनन्, किनभने केही खानीहरूले सुरक्षा सम्बन्धी नियमहरूको पूर्ण पालना नगर्ने गरेको बताइएको छ ।