१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणीमा हाम फालेकाको पहिचान हुन सकेन



अ+ अ-

चितवन । लक्ष्मीपूजाका दिन एक बच्चासहित नारायणी नदीमा हामफालेका युवाको सनाखत हुन सकेको छैन । उनले काखमा बोकेको भनिएको बच्चाको अवस्था अ ज्ञात रहेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार अन्दाजी ३० वर्षीय पुरुषको श व नदीमा भेटिएको थियो । निजको हालसम्म सनाखत हुन नसकेको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । निजले साथमै अन्दाजी १० वर्षीय बच्चा बोकेको भनी प्रत्यक्षदर्शीले बताएका थिए । नदीमा खोजतलासका क्रममा ती बच्चा भने फेला पर्न नसकेको उहाँले जानकारी दिनुभयो ।

यही कात्तिक १० गते अपराह्न ४ बजेतिर ती युवक बच्चा बोकेर नारायणगढ बजार नजीकै पुलबाट नारायणी नदीमा हामफालेको भन्दै प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेका थिए । उद्धारका क्रममा ती पुरुषको श व भेटिएको थियो भने बच्चाको अवस्था अ ज्ञात रहेको छ । श वको मुचुल्क उठाएर श वपरीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।