२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणीमा हाम फालेकाको पहिचान हुन सकेन



अ+ अ-

चितवन । लक्ष्मीपूजाका दिन एक बच्चासहित नारायणी नदीमा हामफालेका युवाको सनाखत हुन सकेको छैन । उनले काखमा बोकेको भनिएको बच्चाको अवस्था अ ज्ञात रहेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार अन्दाजी ३० वर्षीय पुरुषको श व नदीमा भेटिएको थियो । निजको हालसम्म सनाखत हुन नसकेको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । निजले साथमै अन्दाजी १० वर्षीय बच्चा बोकेको भनी प्रत्यक्षदर्शीले बताएका थिए । नदीमा खोजतलासका क्रममा ती बच्चा भने फेला पर्न नसकेको उहाँले जानकारी दिनुभयो ।

यही कात्तिक १० गते अपराह्न ४ बजेतिर ती युवक बच्चा बोकेर नारायणगढ बजार नजीकै पुलबाट नारायणी नदीमा हामफालेको भन्दै प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेका थिए । उद्धारका क्रममा ती पुरुषको श व भेटिएको थियो भने बच्चाको अवस्था अ ज्ञात रहेको छ । श वको मुचुल्क उठाएर श वपरीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।