२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु



अ+ अ-

काठमाडाैँ । नेपालको एक मात्र निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एअरलाइन्स्ले सन् २०२६ जुन ४ देखि काठमाडौँ र चीनको ‘सिलिकन भ्याली’ भनेर चिनिने शेन्जेनबीच ऐतिहासिक सिधा उडान सेवा सुरु गरेको छ।

कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (काठमाडौँ) र शेन्जेन बाओ’आन अन्तर्राष्ट्रिय विमानस्थलबीच साप्ताहिक दुई सिधा उडान सञ्चालनमा ल्याएको हो। यो कदम नेपाल–चीन हवाई सम्पर्क विस्तार र नागरिक उड्डयन इतिहासमा एक महत्वपूर्ण उपलब्धि मानिएको छ।

उद्घाटन उडान (H9 985) काठमाडौँबाट जुन ४, २०२६ मा नेपाली समयअनुसार राति ९:५९ बजे ९८ यात्रु लिएर प्रस्थान गरेको थियो। उक्त उडान जुन ५ बिहान ४:१७ बजे स्थानीय समयअनुसार शेन्जेन बाओ’आन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण भयो।

त्यसैगरी, शेन्जेन–काठमाडौँ उद्घाटन उडान (H9 986) जुन ५, २०२६ मा बिहान ६:१२ बजे १५७ यात्रु लिएर प्रस्थान गरी सोही दिन बिहान ८:२६ बजे काठमाडौँमा अवतरण गरेको थियो।

काठमाडौँ–शेन्जेन मार्गमा प्रत्येक मंगलबार र बिहीबार उडान सञ्चालन हुनेछ भने शेन्जेन–काठमाडौँ उडान प्रत्येक बुधबार र शुक्रबार सञ्चालन हुनेछ।

यो नयाँ सिधा सेवा सुरु भएपछि नेपाल र चीनबीचको हवाई सम्पर्क थप सुदृढ हुने, यात्रुहरूको पहुँच सहज हुने तथा पर्यटन र व्यापारिक अवसर विस्तार हुने अपेक्षा गरिएको छ।

हिमालय एअरलाइन्सले यात्रुहरूलाई सुरक्षित, सहज र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यात्रुहरूले टिकट एअरलाइन्सका काउन्टर, आधिकारिक ट्राभल पार्टनर, वेबसाइट (www.himalaya-airlines.com) तथा मोबाइल एपमार्फत बुकिङ गर्न सक्नेछन्।




भर्खरै