२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र देखिएका चुनौती र समस्याको समाधान सम्भव रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले निर्वाचन परिणामले जनतासँगको सम्बन्ध कमजोर भएको देखाएको उल्लेख गरेका छन्।

पोखरेलले जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन खुला आत्मसमीक्षा, कमजोरीको स्वीकारोक्ति, एकता र अनुशासन अपरिहार्य रहेको बताएका छन्। उनले पार्टीभित्र आवश्यक सुधार र पुनर्गठनका लागि संस्थागत तथा विधिसम्मत प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।

“पार्टीका सामु चुनौती छन्, तर तिनको सामना गर्न सकिन्छ। समस्या छन्, समाधान गर्न सकिन्छ,” उनले लेखेका छन्। साथै उनले पार्टीभित्रका सबै काम संस्थागत प्रक्रियाबाट अघि बढे मात्र अपेक्षित सफलता हासिल गर्न सकिने बताएका छन्।