१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

म उनको अभिभावक नै हुँ, सम्झाउन मात्र गएको थिए : महरा

म उनको अभिभावक नै हुँ, सम्झाउन मात्र गएको थिए : महरा
अ अ+ अ-

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । काठमाडौ जिल्ला अदालतमा शुक्रबार महराले बयानमा आफू पीडित भनिएकी युवतीको घरमा नै नगएको जिकिर गरेका छन् ।

जिल्ला सरकारी वकिल कार्यालयले गरेको निरन्तर बयानका क्रममा महराले आफू त्यही बाटो भएर गए पनि पीडितको घरमा भने नपसेको बताएका एक अधिवक्ताले बताएका छन् ।

महराको बयान जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासमा भइरहेको छ । बयान सकिएपछि शुक्रबारदेखि नै थुनछेक बहस सुरु हुनेछ । संघीय संसद्मा कार्यरत एक महिलालाई ब लात्कार गर्न खोजेको अ भियोगमा उनीविरुद्ध मु द्दा दर्ता गरेको हो ।

महराले महिलाको कोठामा नपसी बाहिरैबाट फर्किएको बताए पनि प्रहरीले तथ्यहरुले महरा कोठामा प्रवेश गरेको देखिएको दावी गरेका छन् ।

महराले प्रहरीलाई दिएको वयान यस्तो छ

२०४७ सालदेखि झण्डै चार वर्ष रोल्पा जिल्लामा रहेको मेरो घरमा वृत्त नयाँ बानेश्वर २६(३०) २०७६.७७, बसेकी हुँदा निज (पी’डित महिला) लाई पहिलेदेखि नै चिन्छु । उनी मेरो विद्यार्थीजस्तै हुन् । मलाई अहिले पनि महरा सर भनी सम्बोधन गर्छिन् । म उनको अभिभावक नै हुँ । उनको विवाहमा समेत मैले अभिभावकको भूमिका निभाएको थिएँ ।

२०४८ सालमा म सांसदमा निर्वाचित भएपछि निजसँग भेट भएको थिएन । ३ वर्षअघि उनले मलाई भेट गरी म अ स्वस्थ छु, मलाई संसद सचिवालयमा काजमा ल्याइदिनुपर्यो भनेकी थिइन् । त्यसपछि पटक–पटक निरन्तर उनको परिवार र मेरो परिवारबीच आउने-जाने, खाना खाने सन्दर्भमा भेट भइरहन्थ्यो ।

यसै क्रममा मिति २०७६/०६/१२ गतेका दिन अञ्दाजी ३/४ बजेको समयमा सिंहदरबारस्थित मेरो अफिसमा उनी आई मेरो समायोजन मिलेन, म अ न्यायमा परेँ भनी कर्मचारी समायोजनमा आफूलाई मिलाउन भनी मलाई पटक–पटक अनुरोध गर्दै आ क्रोशपूर्ण गुनासो गरेकीले मैले समायोजनका बारेमा सम्बन्धित निकायलाई भनिदिएको हुँ । तर, कम्प्युटर सेटिङले मिलाउने भएकाले अहिले सकिएन, अहिले सरकारले जहाँ खटाएको छ त्यहाँ जान ?, पछि काजमा मिलाउने कोशिस गरौंला भनेको थिएँ । तर, उनी आ वेग र आ क्रोशमा अफिसबाट फर्केकी थिइन् ।

आ क्रोशमा आएपछि उनको स्वास्थ्य प्रतिकुल हुने र वि क्षिप्त अवस्थामा पुग्ने भन्ने कुरा मैले सुनेको थिएँ । केही समय अगाडि यस्तै घ टनाक्रमले अति नै वि क्षिप्त भई सिभिल अस्पतालमा उपचार गराएको कुरा पनि मैले उनको श्रीमानबाट थाहा पाएको थिएँ ।

यतिबेला भने उनका श्रीमान काठमाडौ बाहिर भएको, मैले टेलिफोन गर्दा सम्पर्क हुन नसकेकाले एकपटक फेरि सम्झाउने उद्देश्यले म मेरो छोरा निर्मल महराले प्रयोग गर्ने निजी गाडीमा तीनजना सुरक्षाकर्मीसहित मिति २०७६/०६/१२ गते अञ्दाजी बेलुका ७ बजेपछि निवासबाट गैरीधारा, ज्ञानेश्वर, रातोपुल, गौशाला, एयरपोर्ट, तीनकुने हुँदै उनको कोठानजिकै पुगी गाडीबाट बाहिर निस्केर पटक–पटक फोन गर्दा सम्पर्क हुन नसकेपछि निजका श्रीमानसमेत कोठामा नभई बाहिर भएकाले निजको कोठामा जान उचित नठानी अञ्दाजी २०/२५ मिनेटपछि सोही गाडीमा सुरक्षाकर्मीसहित फर्की निवासमा आएको हुँ ।

घ टनास्थलबाट बरामद भएको चश्माको सीसा, डण्डी र जुत्ताको जिब्री (भित्री तलुवा) मेरो होइन । प्रायोजित हिसाबले मलाई फसाउन मेरो पुरानो फालिएको चश्माको सीसा, डण्डी र जुत्ताको तलुवासमेत राखेको हुन सक्छ ।

मैले रक्सी बोकेर निजको कोठामा गएको कुरा विल्कुलै निराधार हो । निजको कोठामा नगएकाले कुटपिट गर्ने कुरै भएन । पत्रकार अजयबाबु शिवाकोटी र जाहेरवालाबीचमा संवाद रेकर्डका कुरा सबै प्रायोजित हुन् ।

‘री स उठेपछि मोबाइल फुटाइदिएँ : सीता महरा (कृष्णबहादुर महराकी पत्नी)

२०७६/०६/१३ गते विभिन्न सञ्चार माध्यमहरुमा मेरा श्रीमान कृृष्णबहादुर महराले मिति २०७६/०६/१२ गते निज पी डितको कोठामा गई ज बर्जस्ती क रणी गर्न खोजेको र मेरो श्रीमानको मोवाइलबाट पीडितको मोवाइलमा म्यासेजसमेत पठाएको भन्ने समाचारहरु आएपछि मलाई रीस उठी सम्पूर्ण समस्याको कारण श्रीमानको मोवाइल भएको ठानी निजले प्रयोग गर्ने मोवाइल मैले खोसेर फाली फुटाइदिएकी थिएँ ।

उक्त मोवाइल फुटाएको भएता पनि सुरक्षित साथ राखेकोमा पछि कोठा सर्ने क्रममा के कता हरायो, थाहा भएन ।