२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु



अ+ अ-

काठमाडाैँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न क्षेत्रमा भएको विपद्जन्य घटनामा पाँच जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रौतहट, बारा, कपिलवस्तु, रोल्पामा पाँच जनाको मृत्यु भएको हो । मकवानपुर, मोरङ, सिरहा, पर्सा, चितवन, कपिलवस्तु, दाङ, पाल्पा, कञ्चनपुरका भएका विपद्यन्ज घटनामा अन्य ११ जना घाइते भएका प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो ।

उहाँका अनुसार रौतहट, बारा र कपिलवस्तुमा सर्पले डसेर एक महिला, एक बालक र एक बालिकाको मृत्यु भएको हो । रोल्पाको गङ्गादेव गाउँपालिका रातमाटामा खहरे भेलले बगाएर दुई बालकको मृत्यु भएको प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

प्रवक्ता महतका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा २५ वटा विपद्जन्य घटना भएकामा ती घटनाबाट ६३ लाखभन्दा बढीको भौतिक क्षति भएको छ ।