काठमाडौं । दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोक सुकुटेबाट सुनकोशीमा खस्दा ६ जनाको मृ त्यु भएको छ।
शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस सुकुटेमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिएका छन्।
डीएसपी माधवप्रसाद काफ्लेका अनुसार बस सुनकोशीमा खसेको र चालक धनबहादुर तामालाई पानीबाट उ द्दार गरिएको छ। घ टनाको थप विवरण आउन बाँकी छ।