३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य

राप्रपा नेतृत्वप्रति शाहीको आक्रोश : ‘पदका लागि यति धेरै हानाथाप र अहंकार किन ?’

राप्रपा नेतृत्वप्रति शाहीको आक्रोश : ‘पदका लागि यति धेरै हानाथाप र अहंकार किन ?’
फाइल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशम्शेर राणालाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत कडा असन्तुष्टि व्यक्त गरेका छन्।

शाहीले पार्टीभित्रको आन्तरिक विवाद र नेतृत्वबीचको टकरावप्रति संकेत गर्दै नेताहरूको ‘जुँगाको लडाइँ’ देखेर युवापुस्ता दिक्क भइसकेको बताएका छन्। उनले कार्यकर्ताहरू एकअर्काको पक्ष र विपक्षमा उभिएर संघर्ष गरिरहँदा नेतृत्वले आत्मसमिक्षा गर्नुपर्ने अवस्था आएको उल्लेख गरेका छन्।

उनले अहिलेको समय एकअर्कामाथि आरोप लगाएर पार्टीलाई टुक्र्याउने नभई सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए। शाहीले एक नेताले देशभर निर्वाचनमा पराजय भोग्दासमेत नेतृत्व नछाड्न खोजेको र अर्का नेताले निर्वाचन नलडी नेतृत्व प्राप्त गर्न खोजेको आरोप लगाउँदै पदका लागि भइरहेको तानातान र अहंकारमाथि प्रश्न उठाएका छन्।

उनका अनुसार नेतृत्वको व्यवहारले संगठनलाई मात्र होइन, कार्यकर्ताको मनोबल र युवाहरूको विश्वासलाई समेत कमजोर बनाइरहेको छ। नेतृत्व भनेको पदमा अडिग भएर बस्ने विषय नभई आवश्यक पर्दा त्याग गर्न सक्ने क्षमता भएको व्यक्ति हुनुपर्ने उनको भनाइ छ।

शाहीले एक पक्षले विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गरिरहेको र अर्को पक्षले भेला तथा छलफलका माध्यमबाट अलग बाटो रोज्ने संकेत गरिरहेको दाबी गरेका छन्। उनले समस्या समाधानका लागि खुला संवादमा आउन आग्रह गर्दै आफू, अध्यक्ष र महामन्त्री तीनै जना सँगै बसेर छलफल गर्न तयार रहेको बताएका छन्।

“यदि हिम्मत र क्षमता छ भने हामी तीन जना सँगै बसौं, छलफल गरौं,” भन्दै उनले सार्वजनिक रूपमा संवादको प्रस्ताव गरेका छन्।

शाहीले नेताहरूको गतिविधिले पार्टीभित्र अन्योल र अविश्वास बढाएको टिप्पणी गर्दै यस्तो प्रवृत्तिले कार्यकर्ता तथा युवाहरूको आशा र भरोसा कमजोर बनाइरहेको बताएका छन्। राप्रपाभित्र नेतृत्वलाई लिएर देखिएको विवादका बीच उनको यो अभिव्यक्ति सार्वजनिक भएको हो।