३१ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे सहमति प्रस्ताव स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

टुंगियो युवा संघको एकीकरण, कुन जिल्ला कसको भागमा पर्यो ?



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध राष्ट्रिय युवा संघ नेपालले मातहतका जिल्ला कमिटीको एकीकरण प्रक्रिया टुंग्याएको छ । शनिबार बसेको बैठकले ७७ वटै जिल्लाको एकीकरण टुृंग्याएको हो ।

आइतबार विज्ञप्ति जारी गर्दै तत्कालिन एमाले निकटले ४२ जिल्ला र माओबादी निकटले ३५ जिल्लाको अध्यक्ष पाउने गरि भागबण्डा टुंगिएको छ । त्यसैगरि जिल्ला इन्चार्जमा तत्कालिन एमाले सम्बद्धलाई ३५ र माओबादी सम्बद्धलाई ४२ जिल्ला दिइएको छ ।

युवासंघका संयोजक रामप्रसाद सापकोटाले जिल्ला, महानगर र उपमहानगरपालिकाको नेतृत्व टुंगिएको बताए । यद्यति, नेतृत्वमा को रहने भन्नेबारे भने टुंग्याइएको छैन । उहाँकाअनुसार बरिष्ठता र सक्रियताका आधारमा नेतृत्वको टुंगो पनि एक हप्ताभित्र लगाइने छ ।




भर्खरै