काठमाडौं । भारतको पाँचदिने औपचारिक भ्रमणमा रहनु भएका सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुदैछ । सभापति लामिछाने र प्रधानमन्त्री मोदीबिच आज बिहान १०ः३० बजे भेटवार्ता हुन लागेको स्रोतले जनाएको छ ।
लामिछाने नेतृत्वको रास्वपा प्रतिनिधिमण्डलले मंगलबार भाजपा अध्यक्ष नितिन नवीन, भारतका गृहमन्त्री तथा भाजपा पूर्वअध्यक्ष अमित शाह र विदेशमन्त्री डा। एस जयशंकरसँग छुट्टाछुट्टै छलफल गरेको थियो ।
भाजपा शीर्ष नेतृत्वसँगको भेटवार्तामा सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री विपिन आचार्य तथा सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख दीपक बोहोरा सहभागी थिए ।
उक्त भेटवार्तामा भाजपाको तर्फबाट अध्यक्ष नितिन नवीन, महासचिव अरुण सिंह, विदेश विभाग प्रमुख डा। विजय चौथाइवाले, बिहारका सांसद सञ्जय जैसवाल तथा दिल्लीकी सांसद बाँसुरी स्वराज सहभागी थिए ।











