१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

एक सदस्यले निर्णय फिर्ता लिएपछि मुख्यमन्त्री शाहलाई तत्कालको सङ्कट टर्यो

एक सदस्यले निर्णय फिर्ता लिएपछि मुख्यमन्त्री शाहलाई तत्कालको सङ्कट टर्यो
फाइल फोटो
अ अ+ अ-

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहलाई दलको नेताबाट हटाउने निर्णयमा हस्ताक्षर गरेका एक सदस्यले आफ्नो निर्णय फिर्ता लिनुभएको छ । योसँगै पार्टीको संसदीय दलभित्र देखिएको सङ्कट तत्काललाई टरेको छ ।

प्रस्ताव फिर्ता लिनुभएकी प्रदेशसभा सदस्य डम्मरी महराले  पार्टी एकता र बजेट कार्यक्रम निर्माणलाई प्राथमिकता दिनुपर्ने अवस्था आएकाले आफूले निर्णय फिर्ता लिएको जानकारी गराउनुभयो ।

पत्रकार सम्मेलनमार्फत मुख्यमन्त्री शाहले असन्तुष्ट सांसदसँग छलफल संवाद गरिने बताउनुभयो । यसअघि दलका नेता शाहलाई हटाउन आजै कांग्रेस संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरिएको थियो ।

कांग्रेस नेता एवं प्रदेशसभा सदस्य दिवानसिंह विष्टले विधानअनुसार दलको नेता हटाउन दर्ता गरिएको अविश्वासको प्रस्तावको प्रक्रिया अघि बढ्ने र गोप्य मतदानबाट निर्णय हुने भएकाले नेता परिवर्तन हुने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “प्रदेशसभा संसदीय दलमा हामी नौ जना बहुमत सदस्यले नेता परिवर्तनका लागि नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छौँ, माननीय डम्मरी महराले आफ्नो निर्णय फिर्ता लिएको जानकारी आए पनि प्रक्रिया रोकिने छैन ।”

प्रदेशसभामा कांग्रेसका १८ सदस्य छन् । कांग्रेसका प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा लामो समयदेखि विदेशमा हुनुहुन्छ । नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धनमा शाह नेतृत्वको सरकार छ ।

नेताबाट हटाउन विष्टसहित मानबहादुर रावल, गीताकुमारी चौधरी, तुल्सी देवकोटा, जुनाकुमारी दानी, ललिता सुनार, पदमबहादुर शाही, बेलबहादुर रानामगर र डम्मरी महराले हस्ताक्षर गरेर प्रस्ताव दर्ता गरिएको थियो ।

त्रिपन्न सदस्यीय प्रदेशसभामा एक सदस्य निलम्बनमा छन् । स्वतन्त्र सदस्य डा तारा जोशीले केही महिनाअघि प्रदेशसभा सदस्यबाट राजीनामा दिनुभएको थियो । रासस