९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको सीमा अभिव्यक्तिबारे नेकपाले रास्वपासँग माग्यो धारणा



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले नेपाल–भारत सीमासम्बन्धी विषयमा दिएको अभिव्यक्तिलाई लिएर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को औपचारिक धारणा माग गरेको छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुललाले प्रधानमन्त्री शाहको टिप्पणीप्रति रास्वपाको स्पष्ट दृष्टिकोण के हो भन्ने प्रश्न उठाएका हुन् ।

प्रधानमन्त्री शाहले आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाल–भारत सीमासम्बन्धी विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताएका थिए । सोही क्रममा उनले नेपाल र भारत दुवै पक्षबाट केही स्थानमा सीमा अतिक्रमण भएको दाबी गरेका थिए ।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति विभिन्न राजनीतिक दलमा चासो र बहस देखिएको छ । नेकपाले यस विषयमा रास्वपाको आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेको हो ।




भर्खरै