काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले आज भारत भ्रमणका क्रममा भारतका गृहमन्त्री अमित शाहसँग भेट गर्ने कार्यक्रम रहेको छ।
उक्त भेटमा नेपाल–भारत सम्बन्धका विविध पक्ष, आपसी हितका विषय, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
भेटवार्तालाई नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ।











