२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी आन्दोलन प्रतिवेदन विवाद: सांसद बोहराको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश



अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदनमा आफ्नो नाम उल्लेख गरिएको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपक बोहराले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्माको इजलासले मंगलबार उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै आयोगको नाम किन र कसरी उल्लेख गरिएको हो भन्नेबारे लिखित जवाफ पेस गर्न आदेश दिएको हो । अदालतले प्रतिवेदनमा गरिएको उक्त उल्लेखको कानुनी आधार स्पष्ट गर्नसमेत निर्देशन दिएको छ ।

बोहराले दायर गरेको रिटमा जेनजी आन्दोलनका क्रममा आफूको कुनै संलग्नता नरहेको दाबी गरिएको छ । उनले घटनाको समयमा आफू काठमाडौं बाहिर नभई श्रीमतीसँग अस्पतालमा रहेको र दोस्रो सन्तानको जन्मको क्रममा उपस्थित रहेको उल्लेख गरेका छन् । प्रतिवेदनले आफूलाई हिंसा, आगजनी र तोडफोडजस्ता गतिविधिसँग जोड्ने प्रयास गरेको भन्दै उनले आपत्ति जनाएका छन् ।

उनका अनुसार आयोगको प्रतिवेदनमा “उत्तेजना फैलाउने भूमिका” जस्ता अस्पष्ट र अनुमानमा आधारित अभिव्यक्ति प्रयोग गरिएको छ, जसले व्यक्तिगत चरित्र र राजनीतिक छविमा असर पार्ने दाबी गरिएको छ । उनले कुनै पनि प्रकारको गैरकानुनी गतिविधि वा हिंसात्मक आह्वान नगरेको स्पष्ट गर्दै प्रतिवेदन खारेज गर्न माग गरेका छन् ।

उता, आयोगको प्रतिवेदनमा भदौ २३ र २४ गतेका घटनामा विभिन्न कोणबाट भिडलाई उक्साउने गतिविधि भएको भन्दै अनुसन्धान गरेर दोषी देखिएमा कारबाही गर्न सिफारिस गरिएको उल्लेख छ । सर्वाेच्च अदालतले यस प्रकरणलाई लिएर आयोगसँग औपचारिक जवाफ माग गरेसँगै अब विषय कानुनी प्रक्रियामार्फत अघि बढ्ने देखिएको छ ।