७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री थापाले गरिन यस्तो अपिल, के होला त कार्यान्वयन ?



अ+ अ-

विराटनगर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले लैङ्गिक हिं’साविरुद्धको कानून कार्यान्वयनमा जोड दिइने बताउनुभएको छ । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाल सरकारले गत जेठ १६ गते राष्ट्रिय महिला अधिकार दिवस–२०७६ मनएको र सो अन्तर्गत ‘लैङ्गिक हिं’सामुक्त देश’ अभियानलाई सङ्घ, प्रदेश र स्थानीय तहले मनाइरहको जानकारी दिनुभयो ।

सो अभियानलाई सफल बनाउन तीनै तहका सरकारले सबैको सहयोग लिनुपर्नेमा जोड दिदै उहाँले अहिले पनि महिलामाथिको वि’भेद अवशेषको रुपमा रहेकाले त्यसलाई अन्त्य गरी समतामूलक समाज निर्माण गरिनुपर्ने बताउनुभयो ।

मन्त्री थापाले महिला मैत्री समाज निर्माणका लागि तीनै तहका सरकारले गम्भीर रुपमा लिई पालिकादेखि वडासम्म योजना, कार्यक्रम र आवश्यक सुझाव सङ्कलन गर्नाका साथै उक्त अभियानलाई निरन्तरता दिन नियम कानूनको प्रभावकारी अभ्यास र ग्रामीण क्षेत्रका महिलालाई संवैधानिक अधिकारका विषयमा सुसूचित गराउनुपर्ने आवश्यकता पनि औँल्याउनुभयो । एक प्रश्नको जवाफमा उहाँले प्रदेश प्रमुखहरुमा ३३ प्रतिशत महिलाको सहभागिताका लागि पार्टी तथा सरकारलाई सुझाव दिइएको र स्थानीय तहमा ४१ प्रतिशत महिलाको प्रतिनिधित्व रहेको जानकारी दिनुभयो ।