१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

खाद्यबाली प्रवर्द्धनका लागि नौ पालिकासँग सम्झौता

खाद्यबाली प्रवर्द्धनका लागि नौ पालिकासँग सम्झौता
अ अ+ अ-

चितवन। राष्ट्रिय प्रकृति संरक्षण कोष, गण्डकी जलाधार जलवायु उत्थानशील आयोजनाअन्तर्गत कोष र स्थानीय सरकारबीच जलवायु उत्थानशील खाद्यबालीको प्रदर्शन तथा प्रवर्द्धनका लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।

सौराहास्थित जैविक विविधता संरक्षण केन्द्रमा आज आयोजित कार्यक्रममा चितवन, मकवानपुर र नवलपुरका नौ स्थानीय तहसँग सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । आयोजनामार्फत जलवायु परिवर्तनका असर न्यूनीकरण गर्दै खाद्य सुरक्षामा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ ।

कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव डा चीरञ्जीवी प्रसाद पोखरेलले जलवायु परिवर्तनका कारण नेपालले प्रत्यक्ष असर भोग्नुपरेको उल्लेख गर्दै खाद्य सुरक्षाका लागि प्रमाणित बीउविजनको प्रवर्द्धन आवश्यक रहेकामा जोड दिनुभयो ।

कृषि क्षेत्रमा बढ्दो जोखिमलाई सामना गर्न तथा जलवायु परिवर्तनका चुनौतीसँग जुध्न यस्ता कार्यक्रम प्रभावकारी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । डा पोखरेलले जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम सञ्चालनका लागि आर्थिक तथा प्राविधिक सहयोग गर्ने साझेदार संस्थाप्रति आभार व्यक्त गर्नुभयो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका जलवायु परिवर्तन विभाग प्रमुख डा मनीषराज पाण्डेले आयोजनाको उद्देश्यबारे जानकारी गराउँदै परम्परागत जल व्यवस्थापन अभ्यासलाई तथ्यमा आधारित जलवायु उत्थानशील योजना निर्माणसँग जोड्ने प्रयास भइरहेको बताउनुभयो । उहाँले जलवायु परिवर्तनका प्रभावसँग अनुकूलन गर्दै दिगो कृषि प्रणाली विकासमा आयोजना केन्द्रित रहेको उल्लेख गर्नुभयो ।

नेपाल जलवायु सङ्कटको अग्रपङ्क्तिमा रहेको उल्लेख गर्दै डा पाण्डेले तापक्रम वृद्धिको असर विभिन्न क्षेत्रमा देखिन थालेको बताउनुभयो । देशको करिब ८० प्रतिशत भूभाग पहिरोबाढी, खडेरी तथा अन्य विपद्को जोखिममा रहेको जानकारी दिँदै उहाँले जलवायु वित्तका लागि ठूलो आवश्यकता भए पनि उपलब्ध स्रोत सीमित रहेको बताउनुभयो ।

सार्वजनिक तथा सरकारी लगानीले मात्र जलवायु चुनौती सम्बोधन गर्न सम्भव नभएको उल्लेख गर्दै विभाग प्रमुख डा पाण्डेले अन्तरराष्ट्रिय जलवायु वित्तको आवश्यकता औँल्याउनुभयो । अन्तरराष्ट्रिय कोषहरू उपलब्ध भए पनि जटिल प्रक्रिया र संस्थागत क्षमताको अभावका कारण प्रभावकारी उपयोगमा चुनौती रहेको उहाँको भनाइ छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले विश्वव्यापी जलवायु वित्त र स्थानीय आवश्यकताबीच रणनीतिक पुलको भूमिका निर्वाह गरिरहेको डा पाण्डेले बताउनुभयो । गण्डकी जलाधार जलवायु उत्थानशील आयोजनाको मुख्य लक्ष्य दिगो जलाधार व्यवस्थापनको अवधारणालाई मूलप्रवाहीकरण तथा कार्यान्वयन गर्नु रहेको उहाँले स्पष्ट पार्नुभयो ।

आयोजनाको कार्यक्षेत्र गण्डकी जलाधार अन्तर्गतका बडीगाड, बुढीगण्डकी, कालीगण्डकी, सेती–मादी, मस्र्याङ्दी, त्रिसूली र राप्ती नदी प्रणालीमा फैलिएको छ ।

कायक्रममा अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसीएन) नेपालका आयोजना टोली प्रमुख ज्ञानेन्द्र मिश्रले स्थानीय तहमार्फत कार्यक्रम सञ्चालन गर्दा प्रभावकारी कार्यान्वयन र स्थानीय स्वामित्व सुनिश्चित हुने बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति चितवन राष्ट्रिय निकुञ्जका अध्यक्ष शिवजी गायकलगायतले जलवायु सङ्कट र न्यस्नीकरणका सम्बन्धा आ-आफ्नो धारणा राख्नुभएको थियो । जैविक विविधता संरक्षण केन्द्र सोराहका प्रमुख राजकुमार गुरुङले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो ।

आयोजनाअन्तर्गत जलवायु उत्थानशील उच्चस्तरीय धान, गहुँ र तोरीका बीउ, जैविक मल तथा जैविक विषादी कृषकलाई सहज रूपमा उपलब्ध गराइ गुणस्तरीय बीउ उत्पादन तथा प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

हरित जलवायु कोषको वित्तीय सहयोगमा सञ्चालित यस आयोजनाले पहिचान गरिएका जलवायु उत्थानशील धान, गहुँ वा तोरीका जातलाई १५० हेक्टर क्षेत्रफलमा एक बाली सिजनका लागि प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । कार्यक्रममा साना किसान कृषि सहकारी संस्था, सामुदायिक बीउ बैंक तथा बीउ उत्पादक समूहको सहभागिता रहने जनाइएको छ ।

आयोजनामा चितवनका भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका, माडी नगरपालिका, मकवानपुरको हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिका तथा नवलपुरका कावासोती नगरपालिका र मध्यविन्दु नगरपालिका सहभागी छन् ।

पालिकाहरूसँग रु ४३ लाखदेखि रु ६० लाखसम्मको सम्झौता गरिएको जलवायु परिवर्तन विभाग प्रमुख डा पाण्डेले जानकारी दिनुभयो । रासस