६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्जल्स हार्ट भलिबल शनिबारदेखि



अ+ अ-

काठमाडौं। एन्जल्स हार्ट माविको आयोजनामा दोश्रो राष्ट्रिय खुला एन्जल्स हार्ट अन्तरविद्यालय कलेज स्तरीय पुरुष भलिबल प्रतियोगिता आउने शनिबारदेखि हुने भएको छ ।

प्रतियोगितामा करिब ५० टिमको सहभागिता अपेक्षा गरिएको एन्जल्स हार्टका कार्यकारी अध्यक्ष लिलबहादुर पुनले जनाएका छन् ।

शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, ३० हजार र १५ हजार नगद पुरस्कार पाउने प्रतियोगिता संयोजक यमबहादुर छन्त्यालले जानकारी दिए । उत्कृष्ट खेलाडी, स्पाइकर, लिफ्टर, सर्भर, ब्लकर र डिफेन्डरलाई पनि नगदसहित पुरस्कृत गरिने छ ।

प्रतियोगितामा २०८२ सालमा एसइइ दिएका तथा कक्षा ११ र १२ को हकमा राष्ट्रिय परिक्षा बोर्डमा ०८२-०८३ को रजिस्ट्रेसन प्राप्त १८ वर्ष ननाघेका विद्यार्थीले सहभागी हुन पाउने छन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब ६ लाख ३० हजार रुपैयाँ खर्च हुने एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुनले बताए ।

लिग कम नकआउट आधारमा चारदिनसम्म चल्ने प्रतियोगिताका खेलहरु मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टरमा खेलाइने छ । रासस