७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् नेकपाले छानेका सात नयाँ प्रदेश प्रमुख



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सातै प्रदेशका प्रमुखहरुको नाम सिफारिस गरेको छ । सोमबार बिहान बालुवाटारमा बसेको सचिवालय बैठकले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो।

सचिवालय बैठकपछि बोल्दै नेकपा महासचिव बिष्णु पौडेलले चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी प्यासी, बाँकेका तिलक परियार, डडेल्धुराका गोविन्द कलौनी, झापाका बिष्णु प्रसाईं, काठमाडौंकी शर्मिला त्रिपाठी र सिरहाका धर्मनाथ यादवलाई प्रदेश प्रमुख बनाउने निर्णय भएको जानकारी दिए।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका सातै प्रदेश प्रमुखलाई आइतबार बसेको मन्त्रिपरिषदको बैठकले हटाउने निर्णय गरेको थियो। केहीबेरमा बस्ने मन्त्रिपरिषद् बैठकले उनीहरूलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्नेछ।