९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमाले सांसद बरालको आपत्तिः तथ्य पेश गर्न वा माफी माग्न माग



अ+ अ-

काठमाडौँ। नेकपा (एमाले) का सांसद गुरु बरालले प्रधानमन्त्री बालेन्द्र साहले नेपालको सीमानाका विषयमा दिनुएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।

संसद भवन परिसरमा सोमवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र नागरिकप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिँदै सीमा विवादका सम्बन्धमा प्रधानमन्त्रीले जिम्मेवार भएर प्रश्तुत हुनुपर्ने बताउनुभएको हो ।

सांसद बरालले नेपालले छिमेकी राष्ट्रको भूमि मिचेको भन्ने आशयको प्रधानमन्त्रीको भनाइप्रति प्रश्न उठाउनु भयो । नेपालको ऐतिहासिक स्वतन्त्रताको चर्चा गर्दै बरालले नेपाल भारतभन्दा अगाडि नै स्वतन्त्र राष्ट्र रहेको र यसले कहिल्यै अर्काको पराधीनता स्वीकार नगरेका कारण स्वतन्त्रता दिवस मनाउनु नपर्ने तथ्य उल्लेख गर्नुभयो ।

सुगौली सन्धिपश्चात मेचीदेखि महाकालीसम्मको जुन भूगोल कायम भएको छ, सो क्षेत्रभित्र नेपालले कसैको पनि सिमाना नमिचेको उहाँले प्रस्ट पार्नुभयो ।

सांसद बरालले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले देशको गरिमा र राष्ट्रिय स्वार्थमा आँच पु¥याएको भन्दै यसको आधिकारिक पुष्ट्याइँ गर्न चुनौती दिनुभयो ।

यदि प्रधानमन्त्रीले आफ्नो भनाइको तथ्यपूर्ण पुष्ट्याइँ गर्न नसकेमा नैतिक रूपमा जिम्मेवारी लिँदै संसद र देशसामु माफी माग्नुपर्ने उहाँको माग छ ।

आफूहरूको योजना सदनमा निरन्तर अवरोध गर्ने नभई राष्ट्रियताका गम्भीर विषयमा सरकारलाई जिम्मेवार बनाउनु रहेको समेत उहाँले स्पष्ट पार्नुभयो । –न्युज एजेन्सी नेपाल




भर्खरै