१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

‘गाडीको टिकट पाउन युद्ध जित्नु जत्तिकै’

‘गाडीको टिकट पाउन युद्ध जित्नु जत्तिकै’
अ अ+ अ-

सुर्खेत । जागीर, अध्ययन, व्यापारका साथै मौसमी बसाइँ गर्नेहरुको अहिले दक्षिण झर्नेको चटारो बढेको छ । विभिन्न पेशा–व्यवसायमा कार्यरतलाई आफ्नो कार्य क्षेत्रमा बेलैमा पुग्नुपर्ने बाध्यता पनि त्यत्तिकै छ । मूलतः यतिबेला जाडो छल्ने कर्णाली प्रदेशका हिमाली जिल्लाका बासिन्दा भित्री मधेश तथा तराई भर्ने लहर चलेको छ ।

विशेषगरी जुम्लाबाट प्रस्थान गरेदेखि गन्तव्य सुर्खेत, बाँके, चितवन, कास्की, काठमाडौँलगायत पूर्वी क्षेत्रमा भएका यात्रुलाई यात्रा गर्न यति बेला निकै ठूलो सास्ती छ । निश्चित टिकट मूल्य दरभन्दा बढी पैसा तिर्दा पनि टिकट नपाउँदा धेरै यात्रुलाई सकस भएको छ । यात्रुलाई साना जीपदेखि ठूला बसको टिकट लिन शक्ति गुहार्नुपरेको छ । अन्य समयमा लिने भाडाभन्दा अहिले जुम्लाबाट तल यात्रु ओसार्ने गाडी सञ्चालकहरुले २०–२५ प्रतिशत बढाएर भाडा असुल्ने गरेको यात्रुले बताएका छन् ।

यद्यपि सोझासीभालाई टिकट पाउन युद्ध जित्नुजत्तिकै भएको छ । चन्दननाथ नगरपालिका–८ जुम्ला निवासी धनवीर नेपालीले सुर्खेतदेखि काठमाडौँ पुग्न कोचिएर जानेसमेत ठाउँ नभएको बताउनुभयो ।

जुम्ला चन्दनाथ नगरपालिकाकै बासिन्दा जगत् नेपालीले परिवारसहित यात्रामा हिँड्दा सँगै जाने टिकट नपाइएको दुःखेसो गर्नुभयो । “पैसा तिरेर पनि आफूले सोचेको टिकट र भनेको ठाउँमा जान नपाइने कस्तो विडम्बना हो ?” नेपालीले भन्नुभयो, “चाडअघि र चाडपछि हाम्रो यात्रा कहिल्यै सुखद भएन । शान्ति र स्वतन्त्रताका साथ यात्रा गर्ने दिन कहिले आउलान् ?”

जाजरकोट निवासी लोकेन्द्र रावलले गाडीको सिट पाउने कुरा धेरै परको भएको बताउनुभयो । त्यसमा भएको मुढा त के कोचिएर जानेसम्म ठाउँ पाउन गाह्रो भएको उहाँको भनाइ थियो । यसरी पटक पटक दुःख खेपिरहनुपर्ने नागरिकको अधिकार र सेवाका विषयमा तीनै सरकारको कुनै चासो नहुँदा एकातिर नागरिक ठगिने र अर्कोतिर बिचौलिया मोटिने काम भइरहेको उहाँले औँल्याउनुभयो ।

यस्तो बेला ज्येष्ठ नागरिक, गर्भवती, अपाङ्गता भएका, व्यक्ति र बालबालिकालाई बढी सकस हुने हुँदा सरोकार पक्षको ध्यान जानुपर्ने नेपाल ल क्याम्पस काठमाडौँमा दोस्रो वर्षमा अध्ययनरत रमेशकुमार सिंहले सुझाव दिनुभयोे । सिंहले रासससँग कुरा गर्दै भन्नुभयो, “जुम्लाबाट ठूलो सङ्घर्ष गरेर सुर्खेत झरियो । अब काठमाडौँको गाडी टिकट पाउन अझै चार दिन कुर्नुपर्ने भयो ।”

यात्रु कामना बोहोराले यस्ता यात्राले महिला बढी हिंसामा पर्ने गरेको दुःखेसो गर्नुभयो । गाडी व्यवसायीले यात्रु खचाखच हुने गरी हाल्दा यात्रा जोखिमपूर्ण बन्ने खतरा बढेको उहाँको भनाइ थियो । क्षमताभन्दा बढी यात्रु बोक्दा शनिबार कर्णाली राजमार्गअन्तर्गत कालीकोटको दही खोलामा भे१ख २४०६ फोर्स गाडी दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक यक्षराज जोशीका अनुसार घटनामा घाइते वीरेन्द्रनगर सुर्खेत निवासी चालक प्रदीप कसेराको कालीकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै गाडी साहु वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतका राजेश विष्ट र तिलागुफा नगरपालिका कालीकोटका तुले बोहोराको सुर्खेतमा उपचार भइरहेको छ । दशैँतिहारपछि यात्रु सङ्ख्या ह्वात्तै बढ्नु नै यात्रुले गाडी टिकट सहजै पाउन नसक्नुको मुख्य कारण भएको हिल्सा यातायात प्रालि सुर्खेतका सचिव जीवन शर्माले राससलाई जानकारी दिनुभयो ।

यात्रुको चाप बढे पनि तोकिएको रु एक हजार ७४२ भाडादरमा रु एक हजार ५०० सम्ममा पनि यात्रुलाई सेवा दिने गरिएको सचिव शर्माको भनाइ थियो ।