१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

ग्रिसमा हुने पर्यटन मेलामा नेपालको सहभागिता रहने

ग्रिसमा हुने पर्यटन मेलामा नेपालको सहभागिता रहने
अ अ+ अ-

काठमाडौं । नेपालको पर्यटन क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपालले सहभागिता जनाउने भएको छ ।

नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को संयोजकत्वमा यही कात्तिक २२ देखि २४ गतेसम्म ग्रिसको तेसालोनिकीमा आयोजना हुने पिलोसेनिया एक्स्पोमा सहभागिता जनाउन लागेको हो ।

नाट्टाले आइतबार पत्रकार सम्मेलन गरी नेपालको पर्यटन उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्नका लागि उक्त मेलामा सहभागिता जनाउन लागेको जानकारी दिएको हो ।

नाट्टाका अध्यक्ष सिएन पाण्डेले युरोपका मुलुकका पर्यटकलाई नेपालमा ल्याउन मेलाको सहभागिताले सहयोग पुग्ने बताउनुभयो । “सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन ग्रिस पर्यटन मेलाको सहभागिताले सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो ।

मेलामा नेपालबाट आनन्द एडभेन्चर ट्रेक प्रालि, अपोइटमेन्ट नेपाल इन्टरनेशनल प्रालि, कोलम्बस ट्राभल्स एन्ड टुर्स प्रालि, कोइली टुर्स प्रालि, मकालु एडभेन्चर ट्राभल्स एन्ड टुर्स प्रालि, एमडी एडभेन्चर टुर्स एन्ड ट्राभल्स प्रालि, मिशन नेपाल होलिडेज, सयपत्री ट्राभल्स नेपाल प्रालि, स्वर्गद्वारी ट्राभल्स एन्ड टुर्स प्रालि र अन्लिज्ड नेपाल इन्टरनेशनल प्रालिको सहभागिता रहने नाट्टाले जनाएको छ ।

नाट्टाका महासचिव रमेश थापाले नेपाल पर्यटन बोर्डको संयोजनमा नेपालले युरोपको पर्यटन मेलामा पहिलो पटक भाग लिन लागेको जानकारी दिनुभयो । “नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा हुन लागेको एक्स्पोबाट नेपाली पर्यटनलाई युरोपेली बजारमा लैजान सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो ।

नाट्टाले विगतका वर्षमा पनि विभिन्न देशको पर्यटन मेलामा सहभागिता जनाउँदै आए पनि युरोपमा भने पहिलोपटक सहभागिता जनाउन लागेको महासचिव थापाले बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका अधिकृत सीताराम दाहालले यस्ता मेलाको सहभागिताले नेपालको पर्यटन उद्योगको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।