१६ आश्विन २०८१, बुधबार
,
Latest
प्रस्तावित प्रधानन्यायाधीश राउतको आज संसदीय सुनुवाइ हुँदै अन्तिममा सम्हालिन नसक्दा नेपाल क्यानडासँग चार विकेटले पराजित तर्पण पिण्डदानका साथ आज पितृपक्ष विधिवत् समापन हुँदै वर्षाको सम्भावना कायमै, विज्ञ भन्छन्– आत्तिनु पर्दैन बाढीपहिरोका कारण १७ अर्बभन्दा बढीको क्षति, पूर्ववत् अवस्थामा फर्काउन के छ तयारी ? जलविद्युत् आयोजनामा बाढीको कहर, ११ सय मेगावाट विद्युत् प्रणाली बाहिर आर्सनलले पिएसजीलाई हरायो प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश प्रमुख हटाउनु स्वाभाविक हो : सभापति पोख्रेल



अ+ अ-

चितवन । कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले प्रदेश प्रमुखलाई पदमुक्त गर्नुलाई स्वाभाविक रुपमा लिनुपर्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ चितवनले आज भरतपुरमा गरेको सांसदसँग संवाद कार्यक्रममा बोल्दै सभापति पोख्रेलले प्रदेश प्रमुखहरु सरकारको प्रतिनिधिको रुपमा नियुक्ति भएकाले उनीहरुलाई सरकारले आफ्नो अनुकूलता वा प्रतिकूलतामा फेरबदल गर्नसक्ने स्पष्ट पार्नुभयो ।

“उहाँहरुलाई निर्वाचन अघिको सरकारले नियुक्त गरेको हो, अहिले स्पष्ट बहुमतको अर्को सरकार छ । यस्तो अवस्थामा उहाँहरु आफैँले पद छाड्नु बुद्धिमता हुन्थ्यो तर परिस्थिति त्यस्तो भएन । संविधानमा भएको व्यवस्थाअनुसार सरकारले स्वभाविक रुपमा उहाँहरुलाई पदमुक्त गरेको हो”, पोखरेलले भन्नुभयो ।

कानून कार्यान्वय, अन्तराष्ट्रिय सम्बन्धजस्ता विषयमा सरकार पूर्णरुपमा सफल भएको उल्लेख गर्दै पोखरेलले विकास निर्माणका ठूला परियोजनाहरु धमाधम अघि बढिरहेको बताउनुभयो । उहाँले भन्नुभयो “सुशासनका विषयमा सकारात्मक प्रयासहरु भइरहेकाले जनतासँग भएका प्रतिबद्धताहरु पूरा हुनेछन् ।”

चितवन क्षेत्र नं २ का सांसद पोखरेलले यहाँको विकास निर्माणमा भएका प्रगतिसमेत सुनाउनुभएको थियो । आफ्नो निर्वाचन क्षेत्रको केही पहाडी बस्तीमा रहेको विद्युतीकरण र सडकको समस्या छिट्टै समाधान हुने उहाँले बताउनुभयो । महासङ्घ चितवनको भौतिक संरचना निर्माणका लगि सांसद विकास कोषबाट केही रकम उपलब्ध गराउने प्रतिबद्धता सांसद पोखरेलले व्यक्त गर्नुभयो ।

महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले जिल्लाका सबै सांसदहरुसँग यस खालको कार्यक्रम क्रमशः गर्दै जाने जानकारी दिनुभयो ।