६ श्रावण २०८३, बुधबार
,
Latest
राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालय एअरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु हुदैँ, क्षेत्रीय हवाई सञ्जाल विस्तारमा नयाँ अध्याय



अ+ अ-

काठमाडौँ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एअरलाइन्सले आगामी जुन ४, २०२६ देखि काठमाडौँ–शेन्जेन–काठमाडौँ सिधा उडान सेवा सञ्चालन गर्ने भएको छ। यससँगै नेपाल र चीनबीचको हवाई सम्पर्क थप मजबुत हुने तथा क्षेत्रीय सञ्जाल विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट चीनको शेन्जेन बाओ’आन अन्तर्राष्ट्रिय विमानस्थलसम्म सञ्चालन हुने यो सेवा हप्तामा दुई पटक नियमित रूपमा सञ्चालन हुनेछ। काठमाडौँबाट प्रत्येक मंगलबार र बिहीबार राति ९:५० बजे उडान प्रस्थान गर्नेछ भने शेन्जेनबाट बुधबार र शुक्रबार बिहान ५:५५ बजे काठमाडौँका लागि उडान हुनेछ। कम्पनीका अनुसार यो रुटको सञ्चालन प्रारम्भिक चरणमा जुन ४ देखि जुन ३० सम्मका लागि तय गरिएको छ।

एअरलाइन्सले जनाएको अनुसार यो नयाँ गन्तव्य थपिनु नेपाल–चीनबीचको लामो समयदेखिको आर्थिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउने महत्वपूर्ण कदम हो। साथै पर्यटन, व्यापार तथा व्यावसायिक यात्राका अवसरहरू विस्तार हुने अपेक्षा गरिएको छ।

हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले नयाँ रुट सुरु हुनु कम्पनीका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै चीनमा नयाँ गन्तव्य विस्तार गर्ने रणनीति निरन्तर अघि बढिरहेको बताउनुभयो। उहाँका अनुसार काठमाडौँ–शेन्जेन सिधा उडानले दुई देशबीचको जनस्तरको सम्बन्धलाई थप बलियो बनाउने र पर्यटन तथा व्यापार प्रवर्द्धनमा योगदान पुर्‍याउनेछ। उहाँले यात्रुहरूलाई सुरक्षित, भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

कम्पनीले यात्रुहरूलाई टिकट बुकिङका लागि आधिकारिक वेबसाइट, मोबाइल एप तथा अधिकृत ट्राभल पार्टनरमार्फत सेवा उपलब्ध गराएको जनाएको छ।

सन् २०१४ मा नेपाल–चीन संयुक्त साझेदारीमा स्थापना भएको हिमालय एअरलाइन्सले हाल मध्यपूर्व तथा दक्षिण एशियाका संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरेबिया, कुवेत, मलेसिया, बङ्गलादेशलगायतका गन्तव्यहरूमा नियमित उडान सञ्चालन गर्दै आएको छ।

चारवटा विमान—तीन एयरबस A320–214 र एक एयरबस A319–115—सहित सञ्चालनमा रहेको कम्पनीले आफ्नो सेवा विस्तारसँगै अन्तर्राष्ट्रिय बजारमा उपस्थिति मजबुत बनाउँदै आएको छ।

सुरक्षा, सेवा गुणस्तर र प्रविधिगत व्यवस्थापनमा उल्लेखनीय उपलब्धि हासिल गरेको एअरलाइन्सले विभिन्न अन्तर्राष्ट्रिय प्रमाणपत्र तथा पुरस्कार प्राप्त गरिसकेको छ। साथै, नेपालमै पहिलो पटक विमानहरूमा अटोमेटेड एक्सटर्नल डेफिब्रिलेटर जडान गर्ने वायुसेवा कम्पनीका रूपमा पनि यसको पहिचान रहेको छ।

नयाँ काठमाडौँ–शेन्जेन सिधा उडानसँगै नेपाल र चीनबीच हवाई सम्पर्क अझ सहज हुने र दुवै देशको पर्यटन तथा व्यापारिक क्षेत्रलाई नयाँ गति मिल्ने अपेक्षा गरिएको छ।




भर्खरै