२७ भाद्र २०८३, शनिबार
,
Latest
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुग्ध क्षेत्र सुधारका लागि तीन तहको सहकार्यमा जोड, मन्त्री चौधरी भन्छिन्ः समस्या समाधानमा सरकार सक्रिय छ



अ+ अ-

काठमाडाैँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले दुग्ध क्षेत्रको दिगो विकासका लागि तीन तहका सरकार, कृषक, निजी क्षेत्र र सरोकारवालाबीच आपसि सहकार्य आवश्यक रहेको बताएकी छिन् ।

२६ औँ राष्ट्रिय दुग्ध दिवसको अवसरमा सोमवार ललितपुरमा आयोजित कार्यक्रममा उनले दुग्ध व्यवसायलाई प्रभावकारी बनाउन जलवायुमैत्री पशुपालन, आहारा व्यवस्थापन, पशु स्वास्थ्य तथा बजार व्यवस्थापनका क्षेत्रमा थप सुधार आवश्यक रहेको भन्दै सरकार यसका लागि लागिपरेको समेत बताए ।

उनले दुग्ध क्षेत्रले हाल उत्पादन लागत वृद्धि, उपभोक्ता संख्या घट्दो अवस्था, भौगोलिक जटिलता, पशु रोग व्यवस्थापन, जलवायु परिवर्तन, अपर्याप्त बजारीकरण तथा किसानले समयमै भुक्तानी नपाउने जस्ता चुनौती सामना गरिरहेको बताइन् । उनले दुग्ध किसानको वक्यौता भुक्तानी प्रक्रियालाई दुग्ध विकास संस्थान (डीडीसी) प्राथमिकतामा राखेको पनि बताइन् ।

उनले भने, “समग्र दुग्ध क्षेत्रको विकासका लागि तीनै तहको सरकार, कृषक, निजी क्षेत्रका व्यवसाय र सरोकारवालाहरुसँग हातेमालो गर्दै जलवायुमैत्री पशुपालन, आहारा व्यवस्थापन, पशु स्वास्थ्य व्यवस्थापन र बजार व्यवस्थापन लगायतका क्षेत्रमा अझै सहकार्य गर्नको लागि आवश्यक पनि छ । सरकारले दुग्ध विकासको क्षेत्रमा दिनप्रतिदिन लागि परेर काम गरिरहेको छ । उत्पादन लागत बढेको तर उपभोक्ता कम भएको कुरा छ । भौगोलिक कठिनाईको कुरा छ । पशु  रोग व्यवस्थापन, जलवायु परिवर्तन, अपर्याप्त बजारीकरण र समयमै भुक्तानी नहुने लगायतका समस्याहरु रहेका छन् । अहिले भुक्तानी समस्या समाधानको लागि दुग्ध विकास संस्थानले कृषकको भुक्तानी प्रक्रियालाई प्राथमिकतामा राख्दै आइराखेको कुरा तपाईहरुलाई अवगत नै छ । र हामीले सकेसम्म दुग्ध क्षेत्रलाई निकै अगाडि बढाउनुपर्छ भनेर काम गरिराखेका छौँ । डीडीसी नेपालको सरकारी संस्थान भएको कारण त्यहाँबाट नै राम्रो कामको सुरुवात गरेका हौँ । निजी क्षेत्रलाई उपेक्षा गरेको होइन ।”

उनले डीडीसी सरकारी स्वामित्वको संस्था भएकाले त्यहाँबाट सुधार र सकारात्मक कामको शुरुवात गरिएको स्पष्ट पार्दै निजी क्षेत्रलाई उपेक्षा गर्ने सरकारको कुनै नीति नरहेको समेत स्पष्ट पारे ।