२७ भाद्र २०८३, शनिबार
,
Latest
प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्खुवासभाको मांसिमा खानेपानी आयोजना पुनर्निर्माण



अ+ अ-

काठमाडौं । सङ्खुवासभाको सदरमुकाममा रहेको खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाअन्तर्गत सञ्चालित मांसिमा खानेपानी आयोजना पुनर्निर्माण भएसँगै सञ्चालनमा आएको छ ।

रु छ करोड ४७ लाख ५६ हजार ६०० को लागतमा पुनर्निर्माण गरिएको आयोजना सञ्चालनमा ल्याइएको हो । खानेपानीको मुहान मांसिमा देखि खाँदबारीसम्मको ४२ किलोमिटरमध्ये करिब साढे २० किलोमिटर ट्रान्समिसन पाइप पुनर्निर्माण गरिएको हो ।

चिचिला गाउँपालिकाको कुँवापानीमा रहेको ‘ट्रिटमेन्ट प्लान्ट’बाट पानी प्रवाह सुरु गर्दै सञ्चालनमा ल्याइएको हो । पुनर्निर्माण सम्पन्न भएसँगै लामो समयदेखि प्रभावित हुँदै आएको खाँदबारी क्षेत्रको खानेपानी आपूर्तिमा सुधार आउने नगरप्रमुख महेश्वर थपलियाले बताउनुभयो ।

पुनर्निर्माण आयोजनाअन्तर्गत क्षतिग्रस्त पाइपलाइन हटाएर नयाँ पाइप जडान गरिएको छ । साथै पानी प्रशोधन तथा वितरण प्रणालीलाई व्यवस्थित बनाइएको संस्थाले जनाएको छ । आयोजनाको पुनर्निर्माणपछि अब खाँदबारी नगर क्षेत्रका उपभोक्ताले नियमित रूपमा स्वच्छ खानेपानी सेवा प्राप्त गर्ने विश्वास गरिएको छ ।

पुनर्निर्माण सम्पन्न भएसँगै उपभोक्तालाई सहज रूपमा खानेपानी उपलब्ध गराउने लक्ष्य पूरा भएको खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाइ आयोजनाको अध्यक्ष दिव्यराज बरालले बताउनुभयो ।

यसअघि चिचिलाको देउरालीदेखि खाँदबारीसम्म सडक विस्तार तथा निर्माणका क्रममा बिछ्याइएको मुख्य पाइपलाइन पूर्ण रूपमा क्षतिग्रस्त भएपछि खानेपानी सेवा अवरुद्ध भएको थियो ।

यहाँ २०७० सालमा बृहत् मांसिमा खानेपानी आयोजनाको काम सुरु भएकामा पाँच पटक समय थप गरेर विसं २०७४ पुसमा निर्माण सम्पन्न भएको थियो । आयोजना रु ४५ करोड एक लाख ५५ हजारमा निर्माण गरिएको थियो ।