३० जेष्ठ २०८३, शनिबार
,
Latest
जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका कार्य प्रभावित ‘भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित, होटल र पर्यटकीय स्थलहरू भरिभराउ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायली प्रधानमन्त्रीद्वारा लेबनानमा सैन्य परिचालन विस्तार गर्न निर्देशन



अ+ अ-

काठमाडौँ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानमा हिजबुल्लाहको नियन्त्रणमा रहेका क्षेत्रहरूमा सैन्य पकड थप मजबुत र विस्तार गर्न सेनालाई निर्देशन दिनुभएको छ ।

आईतवार एक भिडियो सन्देश जारी गर्दै उनले सैन्य कारबाहीलाई थप सघन बनाउन निर्देशन दिनुभएको हो । दक्षिणी लेबनानको रणनीतिक रूपमा महत्वपूर्ण ब्यूफोर्ट रिज र त्यहाँस्थित ऐतिहासिक किल्ला इजरायली सेनाले कब्जा गरेपछि प्रधानमन्त्रीको यस्तो भनाइ आएको हो ।

उक्त क्षेत्र अप्रिलको मध्यदेखि लागू भएको युद्धविराम पश्चात इजरायलले कायम राखेको सुरक्षा क्षेत्र भन्दा बाहिर पर्दछ ।

प्रधानमन्त्री नेतन्याहुले लेबनानमा सैन्य परिचालन विस्तार गर्ने आफ्नो निर्देशनसँगै इजरायली सेनाले लिटानी नदी पार गरेको र ब्यूफोर्ट लगायतका प्रमुख रणनीतिक स्थानहरू नियन्त्रणमा लिएको जानकारी दिनुभयो । उहाँले हालको मुख्य उद्देश्य कब्जा गरिएका ती स्थानहरूमा इजरायली पकडलाई सुदृढ बनाउनु रहेको बताएका छन् ।

यसैबीच, प्रधानमन्त्री नेतन्याहुले सन् २०२३ अक्टोबरमा बहुपक्षीय द्वन्द्व सुरु भएयता इजरायलले हालसम्म ८ हजार हिजबुल्लाह लडाकुहरूलाई मारेको दाबी गर्नुभयो । उहाँकाअनुसार पछिल्लो एक महिनामा मात्रै ७०० लडाकु मारिएका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल