काठमाडौँ । तनाबका बिच प्रतिनिधि सभा बैठक सुरु भएको छ । आइतबार राति १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक फेरि सुरु भएको हो । सभामुखलाई मर्यादापालकहरुले चक्लाले छोपेर राखेका छन् ।
प्रतिनिधि सभा नियमावलीको मस्यौदामा परेका संशोधनमाथि छलफल गर्न संसदीय समितिमा पठाइनुपर्ने माग विपक्षीले राखेका छन् । उनीहरूले सभामुखविरुद्ध पनि नाराबाजी गरिरहेका छन् ।












