३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति, तत्काल सच्याउन माग

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति, तत्काल सच्याउन माग
अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व अध्यक्ष कमल थापाले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको एक अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

सामाजिक सञ्जालमा लेख्दै थापाले प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने भनाइ दिएको उल्लेख गर्दै त्यसले सिङ्गो मुलुकलाई तरङ्गित र आश्चर्यचकित बनाएको बताएका छन्। उनका अनुसार नेपालले सीमा विवादका केही विषयहरू भए पनि कुनै पनि छिमेकीको भूमि अतिक्रमण नगरेको स्पष्ट छ।

थापाले नेपाल छिमेकीको सीमा मिच्नु हुँदैन भन्ने मान्यतामा अडिग रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको भनाइलाई अतिरञ्जित र गलत भएको टिप्पणी गरेका छन्। यदि प्रधानमन्त्री उक्त भनाइमा विश्वस्त हुन् भने कुन स्थानमा नेपालले भारतको सीमा मिचेको हो भन्ने प्रमाणसहित स्पष्ट पार्नुपर्ने उनको माग छ।

त्यस्तै, उनले प्रधानमन्त्रीलाई तत्काल आफ्नो भनाइ सच्याउन आग्रह गर्दै सम्बन्धित भूमि भए ससम्मान फिर्ता गर्नुपर्ने पनि उल्लेख गरेका छन्।

थापाले भारतसँगको सीमा विवादका विषयहरू—लिम्पियाधुरा, कालापानी, लिपुलेख र सुस्ता क्षेत्र—लाई लिएर देशव्यापी बहस र चिन्ता भइरहेको अवस्थामा यस्तो अभिव्यक्ति आउनु गैरजिम्मेवारपूर्ण भएको टिप्पणी गरेका छन्।

उनले प्रधानमन्त्री बालेन शाहको उक्त अभिव्यक्तिलाई हलुका र आपत्तिजनक भन्दै तत्काल सच्याउनुपर्ने मागसमेत गरेका छन्।