३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनियुक्त प्रदेश प्रमुखहरुद्वारा सपथ ग्रहण



अ+ अ-

काठमाडौं । नवनियुक्त सातै प्रदेशका प्रदेश प्रमुखहरुलेले सपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा एक समारोहबीच सातै जना प्रदेश प्रमुखलाई मंगलबार सपथ ग्रहण गराएकी हुन् ।

सोमबार मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीद्पारा प्रदेश १ मा सोमनाथ प्यासी, प्रदेश दुईमा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाई, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदूरपश्चिम प्रदेशमा शर्मिला त्रिपाठीलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा तथा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना आदि सपथ ग्रहण समारोहमा उपस्थित थिए ।