५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभा नियमावली मस्यौदाको प्रश्तावनामा भएको ‘बाधा अड्काउ फुकाउ’ व्यवस्था हटाउन माग



अ+ अ-

काठमाडाैँ । प्रतिनिधि सभा नियमावली मस्यौदाको प्रश्तावनमा भएको ‘वाधा अड्काउ फुकाउ’ व्यवस्था हटाउन सांसदहरुको माग गर्नुभएको छ ।

आइतवार बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा, २०८३ को प्रतिवेदनमाथि भएको दफावार छलफलमा भग लिँदै विपक्षी दलका सांसदहरूले नियमावलीका विभिन्न प्रावधानमा संशोधन गर्न सुझाव दिएका हुन् । छलफलमा भाग लिँदै नेपाली काँग्रेसका सांसद नरेन्द्रकुमार केरुङले नियमावलीको प्रस्तावनामै प्रश्न उठाउनु भयो ।

उहाँले प्रस्तावनामा समावेश गरिएको ‘वाधा अड्काउ फुकाउ’ सम्बन्धी व्यवस्था सरकारका लागि संसद छल्ने माध्यम बन्न सक्ने बताउनु भयो । उक्त प्रावधान हटाउनुपर्नेमा उहाँले जोड दिनुभयो । नियमावलीमा ‘असंसदीय शब्द’ सँगै ‘असंसदीय संकेत’ भन्ने व्यवस्था पनि समावेश गर्नुपर्ने उहाँले बताउनुभयो । शून्य, विशेष तथा आकस्मिक समयमा उठाइएका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले तीन दिनभित्र दिनुपर्ने व्यवस्था गर्नुपर्ने उहाँको छ ।

नेपाल कम्युनिष्ट पार्टीका सांसद गणेशबहादुर विश्वकर्माले विधेयक निर्माणका क्रममा जनताको सुझाव अनिवार्य रूपमा लिनुपर्ने बताउनु भयो । उहाँले सामाजिक तथा सांस्कृतिक उत्पीडनसम्बन्धी घटनाको छानबिन गर्न संसदीय समिति गठन गर्ने व्यवस्था नियमावलीमै समावेश गर्नुपर्ने उल्लेख गर्नुभयो ।

साथै, फौजदारी अभियोग लागेका सांसदहरूको पद स्वतः निलम्बन हुने व्यवस्था गर्नुपर्ने माग गर्दै हाल तीन वर्ष कैद सजाय तोकिएका सांसदको मात्रै पद निलम्बन हुने व्यवस्था गरिएकोप्रति आपत्ति जनाउनु भयो । संविधानभन्दा माथि नियमावली हुन नसक्ने उहाँको भनाइ थियो ।

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले नियमावलीलाई थप लोकतान्त्रिक बनाउनुपर्ने आवश्यकता औँल्याउनु भयो । उहाँले प्रत्येक साताको बुधवार प्रतिपक्षका लागि थप एक घण्टा समय उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने प्रश्ताव गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले नियमावली संसदभन्दा बाहिर लागू हुने गरी बनाउन नहुने बताउनु भयो । नियमावलीलाई संघीय कानूनको रूपमा व्याख्या गर्नु उचित नहुने उहाँको भनाई छ । प्रतिनिधि सभा नियमावली मस्यौदा, २०८३ माथिको छलफलका क्रममा सांसदहरूले सांसदहरुको प्रश्नको जवाफ प्रधानमन्त्री प्रत्येक महिना दिनुपर्ने बताउनु भयो ।

सरकारले प्रश्तुत गर्ने नीति तथा कार्यक्रमको छलफलमा उठेका प्रश्नको जवाफ अनिवार्य रुपमा प्रधानमन्त्रीले दिनुपर्ने व्यवस्था नियमावलीमा नै व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । संसदीय अभ्यासलाई थप प्रभावकारी, उत्तरदायी र लोकतान्त्रिक बनाउन नियमावलीको व्यावप संशोधन आवश्यक रहेको सांसदहरुको भनाई छ ।