३१ जेष्ठ २०८३, आईतवार
,
Latest
निर्वाचन पराजयपछि एमालेद्वारा ‘मिसन पार्टी जागरण २०८३’ घोषणा, संगठन पुनर्संरचना र जनसम्बन्ध सुदृढीकरणमा जोड यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे सहमति प्रस्ताव स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामी उदार भएकाले प्रदेश प्रमुखहरुलाई दुई वर्षसम्म काम गर्न दिएका हौँ: प्रचण्ड



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी उदार र लचिलो भएको हुनाले अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई दुई वर्षसम्म काम गर्न दिएको बताएका छन् । बाँकेमा साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो सरकार अलिक उदार र लचिलो भएको हुनाले र कसैलाई चित्त नदुखोस् भनेर उहाँहरुलाई दुई वर्ष काम गर्न दिइयो ।

अहिले फेर्न उचित हुने ठानेर फेरेका हौँ । यो सरकारको क्षेत्राधिकार भित्रको कुरा हो । यसलाई ठूलो ठान्नु पर्ने विषय होइन ।’ उनले सत्ता साझेदार दल उपेन्द्र यादवसँग छलफल गरेर नै यो निर्णय लिइएको पनि बताए । ‘सरकार र पार्टीले उपेन्द्रजीले छलफल नगरेको भन्ने होइन । सरकारले निर्णय गर्नुभन्दा अघि मैले पनि गरेको हो,’ प्रचण्डले भने ।

त्यस्तै, माधव नेपालको नोट अफ डिसेन्ट पनि सामान्य प्रक्रिया भएको बताएका छन् । माधवजीले एक दुई जनाको नाम प्रस्ताव गर्दै जोड दिएको तर त्यो नभएपछि चित्त नबुझेर नोट अफ डिसेन्ट लेख्नु स्वाभाविक रहेको पनि बताए । साथै ‘वहाँले मान्दिन भन्नुभएको छैन, भिन्न मत छ भन्नुभएको छ,’ उनले भने ।




भर्खरै