७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामी उदार भएकाले प्रदेश प्रमुखहरुलाई दुई वर्षसम्म काम गर्न दिएका हौँ: प्रचण्ड



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी उदार र लचिलो भएको हुनाले अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई दुई वर्षसम्म काम गर्न दिएको बताएका छन् । बाँकेमा साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो सरकार अलिक उदार र लचिलो भएको हुनाले र कसैलाई चित्त नदुखोस् भनेर उहाँहरुलाई दुई वर्ष काम गर्न दिइयो ।

अहिले फेर्न उचित हुने ठानेर फेरेका हौँ । यो सरकारको क्षेत्राधिकार भित्रको कुरा हो । यसलाई ठूलो ठान्नु पर्ने विषय होइन ।’ उनले सत्ता साझेदार दल उपेन्द्र यादवसँग छलफल गरेर नै यो निर्णय लिइएको पनि बताए । ‘सरकार र पार्टीले उपेन्द्रजीले छलफल नगरेको भन्ने होइन । सरकारले निर्णय गर्नुभन्दा अघि मैले पनि गरेको हो,’ प्रचण्डले भने ।

त्यस्तै, माधव नेपालको नोट अफ डिसेन्ट पनि सामान्य प्रक्रिया भएको बताएका छन् । माधवजीले एक दुई जनाको नाम प्रस्ताव गर्दै जोड दिएको तर त्यो नभएपछि चित्त नबुझेर नोट अफ डिसेन्ट लेख्नु स्वाभाविक रहेको पनि बताए । साथै ‘वहाँले मान्दिन भन्नुभएको छैन, भिन्न मत छ भन्नुभएको छ,’ उनले भने ।