११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमा बारे प्रधानमन्त्रीको भनाई आपत्तिजनक, सन्देहास्पद: प्रदीप ज्ञवाली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सीमाका बारेमा प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति आपत्तिजनक, सन्देहास्पद रहेको बताउनु भएको छ ।

नेता ज्ञावलीले सामाजिक संञ्जाल मार्फत आफ्नो दृष्टिकोण राख्दै प्रधानमन्त्रीको अभिव्यक्ति तत्काल फिर्ता लिन र सार्वजनिक रूपमा क्षमा माग्न माग गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ …नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको छ’ (संसदको रोस्ट्रममा उभिएर प्रधानमन्त्रीले बोलेको यो विषय आपत्तिजनक, सन्देहास्पद र भर्त्सनायोग्य छ । यो अभिव्यक्ति तत्काल फिर्ता लिइयोस् र सार्वजनिक रूपमा क्षमा मागियोस् ।