६ श्रावण २०८३, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लाको जोगिबाँडामा पक्की पुल निर्माण गरिँदै



अ+ अ-

काठमाडाैँ । जुम्लाकाे हिमा गाउँपालिका-३ स्थित जोगिबाँडामा रु छ करोड लागतमा पक्की पुल निर्माण हुने भएको छ । कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको रु छ करोड ३४ लाखको बजेटमा हिमा नदीमाथि पक्की पुल निर्माण हुन लागेको हो ।

पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रुपकबहादुर रावलले मन्त्रालयको विनियोजित बजेटअन्तर्गत र रही कार्यालयले बोलपत्र आह्वान गरेको जनाउँदै रु छ करोड ३४ लाखमा बन्ने उक्त पुल मल्ल कन्ट्रक्सन दैलेखसँग निर्माणका लागि सम्झौता भएको बताउनुभयो । यसअघि हिमा नदीमाथि पुल नहुदाँ गाउँसम्म पुग्न तथा सवारीसाधन सञ्चालनमा समस्या हुँदै आएको थियो ।

प्रदेशको सहरी विकास मन्त्रालयले बहुवर्षीय बजेट सुनिश्चत गरेपछि पुल निर्माण प्रक्रिया अघि बढेको कर्णाली प्रदेशसभा सदस्य टेकराज पछाईंले बताउनुभयो । उहाँका अनुसार उक्त पुल निर्माण भएपछि बड्की, जोगिबाँडा, च्यामा र मोफ्ला गाउँका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् ।

यहाँका विकट गाउँबस्तीका स्थानीयले उत्पादन गर्ने कृषि तथा पशुजन्य उत्पादन बजारसम्म ल्याउन र आवतजावत गर्न सुविधा पुग्ने हिमा-३ का वडाध्यक्ष धनवीर रोकायाले बताउनुभयो । उहाँका अनुसार पुल ४० मिटर लामो हुनेछ । पुल आगामी दुई वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य राखिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।