२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक वर्ष भित्र मुलुकबाट भ्रष्टाचार निर्मुल गर्ने काममा सरकार तत्पर छः प्रधानमन्त्री साह



अ+ अ-

काठमाडाैँ । प्रधानमन्त्री बालेन्द्र साहले एक वर्ष भित्र मुलुकबाट भ्रष्टाचार निर्मूल गर्ने काममा सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । आइतवार प्रतिनिधि सभा बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा उहाँले सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले एक वर्षभित्र मुलुकमा भ्र्रष्टाचार निर्मूल पार्ने काममा लागिपर्ने बताउनुभएको हो ।

उहाँले सरकारले यस वर्षलाई सुशासन वर्षको रुपमा लिएको पनि बताउनु भयो । प्रधानमन्त्री साहले सुशासन प्रवद्र्धनका लागि विभिन्न मन्त्रालयले मातहतका निकायमा निगरानीका साथ काम गरिरहेको बताउनु भयो पनि बताउनु भयो ।

उहाँले भन्नुभयो,‘हामीले पहिलो वर्षलाई सुशासनको वर्षको रुपमा लिएका छौँ । सुशासन भन्दैमा हामीले विकास नै गर्दैनौ, पूर्वाधारको काम नै गर्दैनौ भन्ने होइन । यो वर्षलाई पूरा हाम्रो माननीय मन्त्रीज्यूहरु र विभिन्न क्षेत्रबाट आउनुभएका माननीयज्यूहरु उहाँहरुको निगरानीमा पनि विभिन्न क्षेत्रहरु हुन्छन । हाम्रो नेपाल सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीले यो पहिलो वर्ष पूर्ण रुपमा देशलाई सुशासनतर्फ लैजाने, बेथितिहरुलाई हटाउने, बलियो जरा बनाएर बसेको यो भ्रष्टाचारलाई निर्मूल गर्न नेपाल सरकार, हाम्रो पार्टी एकदमै तत्पर रहेको छ । यो मालपोतलगायतका सरकारी कार्यालयमा जाँदा देख्नु पनि भएको होला । यसलाई नेपाल सरकारले निरन्तरता दिनेछ ।’

प्रधानमन्त्री साहले मुलुकमा वर्षौदेखि भ्रष्टाचारले जरो गाडेको उल्लेख गर्दै त्यसलाई बदल्ने गरी सरकारले काम गरिरहेको बताउनु भयो ।