२१ भाद्र २०८३, आईतवार
,
Latest
बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर…
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री भन्छन्ः हाम्रो ध्यान पैसामा छ



अ+ अ-

काठमाडाैँ । प्रधानमन्त्री बालेन्द्र साहले नेपाललाई पैसाको आवश्यकता भएकोले सरकारको ध्यान पैसा बढाउनेतिर रहेको बताउनुभएको छ । आइतवार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद प्रमेश हमालले गर्नुभएको प्रश्नको जवाफ दिँदै उहाँले उत्पादन र निर्यात बढाउन तत्काललाई नेपाल अल्पविकसित राष्ट्र (एलडिसी) बाट स्तरोन्नति हुने कार्यक्रम स्थगित गरिएको बताउनु भयो ।

उहाँले नेपाललाई उत्पादन र निर्यातमुखी अर्थतन्त्रतर्फ लैजान आवश्यक रहेको बताउनु भयो । उहाँले निर्यातमा प्राप्त हुँदै आएका कर छुट तथा व्यापारिक सहुलियतहरूलाई ध्यानमा राखेर सरकारले रणनीतिक कदम चाल्नुपर्ने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री साहले एलडिसी स्तरोन्नतिसँगै नेपाली वस्तु निर्यातमा लाग्ने कर तथा व्यापारिक सुविधामा असर पर्न सक्ने भएकाले सरकारले दुई वर्षसम्मको थप समय लिएको जानकारी दिनुभयो । अहिले देशको प्राथमिकता आत्मविश्वास बढाउनेभन्दा पनि आर्थिक गतिविधि विस्तार गर्दै राजस्व र आम्दानी वृद्धि गर्नु रहेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘हाम्रो छिमेकी राष्ट्र चीन अस्ती भर्खरै डेभलपिङबाट डेभलबमा गएको थियो । जबकी त्यो देश डेभलवमेन्टको परकाष्टा नाघिसकेको देश हो, त्यो । यो कुराहरु चाँही रणनितिक रुपमा सरकारले राख्नुपर्छ । अहिले नै हामीले एलडिसीबाट ग्रायजुयट हुँदैगर्दा हाम्रो व्यापारका कुराहरु, निर्यात गर्ने बस्तुहरुमा लाग्ने कर अहिले छुट पाईन्छ । हामी निर्यातमुखी हुनुपर्छ । देशमा उत्पादन भएको बस्तुहरु विभिन्न राष्ट्रहरुमा हामीले निर्यात गर्न पाउँ भन्ने हिसाबले दुई वर्ष थप गरेका हौँ । अहिले आत्मविश्वास बढाउने भन्दा पनि देशलाई पैसा चाहिएको छ, पैसा बढाउनेतिर ध्यान गएको छ, हाम्रो ।’

सासंद हमालले सबै मापदण्ड पुगिसक्दा पनि किन एलडिसी स्तरोन्नति गर्न समय थप गरेको ? भन्दै प्रश्न गर्नुभएको थियो ।