११ भाद्र २०८३, बिहीबार
,
Latest
निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै रसुवा बाढीः कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन भारत सरकारबाट प्राप्त राहत सामग्री औपचारिक रूपमा ग्रहण भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन बाढी प्रभावित अपर त्रिशूली–३ ‘ए’ आयोजनामा नेपाली सेनाको हेलिकप्टर अवतरण, उद्धार तथा विद्युत् पुनर्स्थापना तीव्र आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैङ्क तथा वित्तीय संस्था परिसङ्घद्वारा बजेटको स्वागत



अ+ अ-

काठमाडाैँ । बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपालले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शुक्रबार प्रस्तुत गर्नुभएको बजेटको स्वागत गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै परिसङ्घले बजेटमार्फत आर्थिक पुनरुत्थान, निजी क्षेत्रको मनोबल अभिवृद्धि, लगानी प्रवर्द्धन तथा उत्पादनमुखी अर्थतन्त्र निर्माणको दिशामा अघि सारिएका नीतिगत तथा संरचनागत सुधारका पहलको स्वागत गरेको हो ।

बैङ्किङ क्षेत्रबाट अपेक्षित कर्जा विस्तार हुन नसकेको अवस्था, बढ्दो खराब कर्जाको चुनौतीबाट प्रभावित हुँदै आएको अवस्थामा आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्र र आर्थिक गतिविधिलाई पुनः चलायमान बनाउने आशा र विश्वासको नयाँ आधार सृजना गरेको परिसङ्घको ठहर छ ।

विशेषगरी कर प्रणालीमा गरिएको सुधार, उद्योग–व्यवसायलाई प्रदान गरिएका सहुलियत, ‘डिजिटल’ अर्थतन्त्रको प्रवर्द्धन, प्रविधि एवं पूर्वाधार विकासमा प्राथमिकता, ऊर्जा क्षेत्रको विकासमा जोड दिएकाले बजेटले लगानीमैत्री वातावरण सृजना गरेको विज्ञप्तिमा उल्लेख छ ।

“आगामी आवको बजेटले निजी क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख साझेदार र संवाहकका रूपमा आत्मसात् गर्दै लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा वित्तीय पहुँच विस्तारलाई प्राथमिकतामा राखेको स्पष्ट देखिन्छ”, परिसङ्घले भनेको छ ।

व्यक्तिगत आयकरमा छुटको सीमामा वृद्धि, करको दरमा पुनरावलोकन, औद्योगिक कच्चापदार्थमा भन्सार सहजीकरण तथा वैकल्पिक वित्तीय उपकरणमार्फत पुँजी परिचालनका व्यवस्थाहरूले समग्र आर्थिक गतिविधिहरूमा सकारात्मक ऊर्जा सञ्चार गर्ने परिसङ्घले विश्वास गरेको छ ।