२७ भाद्र २०८३, शनिबार
,
Latest
प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेची–महाकाली जनजागरण यात्राः चुरे संरक्षका लागि सरकारलाई संकलित हस्ताक्षर र ध्यानाकर्षण पत्र बुझाउने



अ+ अ-

काठमाडाैँ । चुरे तथा वनजंगल संरक्षण अभियान, नेपालले चुरे क्षेत्रमा बढ्दो अवैध उत्खनन् र वन फँडानी रोक्न माग गर्दै सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ ।

अभियानले चुरे क्षेत्रमा भइरहेको अवैध उत्खनन, क्रसर उद्योगको मनपरी र वन विनाशले गर्दा तराई मधेसको भूमि मरुभूमीकरण हुने खतरा बढेकाले भन्दै सोमवार सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने भएको हो ।

अभियानका अध्यक्ष सुनिलकुमार यादवले यही १ गतेदेखि ११ सम्म मेची–महाकाली हस्ताक्षर अभियान सम्पन्न गरेको उल्लेख गर्दै संकलित हस्ताक्षर र ध्यानाकर्षण पत्र सरकारलाई बुझाउने तयारी भइरहेको बताउनु भयो ।

उहाँले हस्ताक्षर अभियानका क्रममा देशभरका करिब २ सय स्थानमा जनजागरण तथा हस्ताक्षर संकलन कार्यक्रम सञ्चालन गरिएको थियो । अध्यक्ष यादवले झापाको मेची पुलदेखि कञ्चनपुरस्थित महाकाली पुलसम्म पुगेर अभियान सञ्चालन गरिएको उल्लेख गर्दै चुरे क्षेत्रको अवस्था अत्यन्तै चिन्ताजनक रहेको बताउनु भयो । उहाँले अभियानका प्रतिनिधिहरूसँग भेट्न हालसम्म सरकारका कुनै प्रतिनिधि नआएको गुनासो समेत गर्नुभयो ।

उहाँले अभियानले विगत एक दशकदेखि चुरे क्षेत्रमा भइरहेको अवैध गिट्टीबालुवा उत्खनन र क्रसर उद्योगको नियन्त्रण, अतिक्रमित नदीनालाको संरक्षण, प्रदुषण नियन्त्रण, वनजङगलको फँडानी र जडीबुटीको अवैध दोहनमा रोक लगाउन संघर्षरत रहेको पनि बताउनु भयो । उहाँले तराई, पहाड र हिमालबीचको वातावरणीय सन्तुलन कायम राख्न राष्ट्रिय एकताको आह्वान पनि गर्नुभयो ।