२७ भाद्र २०८३, शनिबार
,
Latest
प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको शाहसिक पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहने उपविदेशमन्त्री रोजर्सको प्रतिवद्धता



अ+ अ-

काठमाडाैँ । अमेरिकी सार्वजनिक कुटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्सले नेपालको शाहसिक पर्यटन, नवप्रवर्तन र प्रविधिको विकासमा संयुक्त राज्य अमेरिकाले सधैँ सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

काठमाडौंमा आयोजित ‘एसेन्ट समिट’ लाई सम्बोधन गर्दै उहाँले दुई देशबीचको ७९ वर्ष लामो कुटनीतिक सम्बन्ध र पर्वतारोहणको विषय ऐतिहासिक कडी भएको बताउनुभएको हो । उपविदेशमन्त्री रोजर्सले अमेरिकाले आफ्नो स्वतन्त्रताको २ सय ५० औँ वार्षिकोत्सव मनाइरहेको सन्दर्भ उल्लेख गर्दै अमेरिकी चरित्र र नेपाली पर्वतारोहणको विरासतमा एउटै प्रकारको शाहस र कौतुहलता रहेको बताउनु भयो ।

अमेरिकाको जग नै अन्वेषण र जोखिम मोल्ने शाहसले बनेको बताउँदै उहाँले यही भावनाले अमेरिकीहरूलाई नेपालका हिमालहरूसम्म डो¥याउने गरेको उल्लेख गर्नुभयो ।

सन् १९६३ मा जिम ह्विटाकरले शेर्पा नवाङ गोम्बूसँग मिलेर सगरमाथाको सफल आरोहण गरी प्रथम अमेरिकी आरोही बनेको ऐतिहासिक क्षणलाई स्मरण गर्दै उहाँले यसले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको उल्लेख गर्नुभयो । उहाँकाअनुसार यस वर्ष मात्र ६७ जना अमेरिकीले सगरमाथा आरोहणको प्रयास गरेका छन् ।

उपविदेशमन्त्री रोजर्सले नेपालको पर्यटन क्षेत्रमा अमेरिकाको बलियो उपस्थिति रहेको बताउनु भयो । सन् २०२३ मा नेपाल भ्रमण गर्ने ११ लाख ५० हजार अन्तर्राष्ट्रिय पर्यटकमध्ये १ लाख १२ हजार अमेरिकी नागरिक रहेका थिए । जसले अमेरिकालाई नेपालको दोस्रो ठूलो पर्यटकीय स्रोत बजार बनाएको छ । अमेरिकी पर्यटकहरूको आगमनले नेपालका पथप्रदर्शक, होटल र स्थानीय समुदायको आर्थिक उत्थानमा प्रत्यक्ष सहयोग पुगेको उहाँको भनाइ छ । शिखर सम्मेलनमा बोल्दै रोजर्सले पर्वतारोहण अब केवल हिमाल चढ्ने कुरामा मात्र सिमित नरही यसमा प्रविधि र सुरक्षाको भुमिका महत्वपूर्ण भएको बताउनु भयो ।

नेपाली आरोहण दलहरूले अमेरिकी प्रविधि र उपकरण प्रयोग गर्दा आरोहण सुरक्षित र सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । नेपालको आर्थिक वृद्धि र दिगो पर्यटनका लागि अमेरिकी लगानी र प्रविधि हस्तान्तरण जारी रहने उल्लेख गर्दै उहाँले नेपाललाई एक भरपर्दो साझेदारको रूपमा साथ दिने पुनः पुष्टि गर्नुभयो ।