२७ भाद्र २०८३, शनिबार
,
Latest
प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुरको खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु



अ+ अ-

काठमाडौं । भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकमा रहेको खेलमैदान स्तरोन्नतिका काम सुरु गरिएका छन् ।

स्थानीयस्तरमा खेलकुद क्षेत्रको विकासका लागि खेल मैदानलाई व्यवस्थित र सुविधासम्पन्न बनाउन लागिएको हो । वडाध्यक्ष बाचकुमार राईका अनुसार चालु आर्थिक वर्षमा प्रदेश सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत करिब रु १५ लाखको लागतमा खेलमैदान स्तरोन्नति भइरहेको हो ।

उहाँले भन्नुभयो, “युवा पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्दै स्थानीयस्तरमै खेल गतिविधि सञ्चालन गर्न सहज बनाउने उद्देश्यले मैदान स्तरोन्नतिको काम अघि बढाएका हौँ ।”

वडाध्यक्ष राईले आगामी दिनमा थप बजेटको व्यवस्थापन गरी दर्शक बस्ने स्थान, घेराबार, शौचालय तथा अन्य पूर्वाधार विकासका काम क्रमशः अघि बढाइने बताउनुभयो । मैदानका स्तरोन्नतिपछि यहाँ फुटबल, भलिबललगायत विभिन्न खेल नियमित रूपमा सञ्चालन गर्न सहज हुनेछ ।

खेलमैदान स्तरोन्नतिले गाउँमै खेल प्रतियोगिता आयोजना तथा त्यसमार्फत स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न पनि सहयोग पुग्ने अपेक्षा रहेको स्थानीय युवा सिरोज श्रेष्ठले