७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेरी करिडोरमा स्तरोन्नति यसै आर्थिक वर्षमा शुरु हुन्छ : मन्त्री बस्नेत



अ+ अ-

जाजरकोट । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले भेरी करिडोरअन्तर्गत रिम्ना–दल्ली सडकखण्डको यसै आर्थिक वर्षमा स्तरोन्नतिको काम हुने बताउनुभएको छ ।

जिल्ला समन्वय समितिको समीक्षा बैठकमा आज उहाँले पूर्वाधार निर्माणनै विकासको पहिलो आधार भएकाले जिल्लाका सबै सडकको स्तरोन्नतिको लागि यसै आवबाट काम शुरु हुने बताउनुभयो ।

मन्त्री बस्नेतले वातावरणीय प्रभाव मूल्याङ्कनको काम करीब करीब सकिएकाले सडकको स्तरोन्नतिको काम शुरु हुने उल्लेख गर्दै पिछडिएको जिल्लाबाट जाजरकोटको परिचय बदल्नका लागि धेरै दिन पर्खनु नपर्ने बताउनुभयो ।

लुम्बिनी–रारा सडकखण्डअन्तर्गत जाजरकोट खण्डको खलङ्गा–पाँचकाटिया सडकखण्डमा बजेट निर्धारण गरी काम गर्न लागिएको बताउँदै उहाँले पहिलो चरणमा सबै स्थानीय तहमा सडक कालोपत्र गर्ने काम हुने उल्लेख गर्नुभयो ।

मन्त्री बस्नेतले सडक निर्माण नै विकासको पहिलो आधार भएकाले सडक निर्माणपछि मात्र हाम्रा गाउँमा उत्पादित वस्तु बजारसम्म पुग्ने भन्दै अर्थ उर्पाजनको मुल आधार त्यहीबाट शुरु हुने बताउनुभयो ।

जाजरकोट आएको बजेट खर्च गर्न नसक्दा समस्या भएको यर्थाथ बताउँदै उहाँले यसका लागि नागरिक सचेत भएर खबरदारीका लागि आग्रहसमेत गर्नुभयो ।

जिल्लाका तीन ठाउँमा विद्युत् प्रसारणका लागि सवस्टेशन निर्माण गर्न लागिएको मन्त्री बस्नेतको भनाइ छ ।