३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेरी करिडोरमा स्तरोन्नति यसै आर्थिक वर्षमा शुरु हुन्छ : मन्त्री बस्नेत



अ+ अ-

जाजरकोट । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले भेरी करिडोरअन्तर्गत रिम्ना–दल्ली सडकखण्डको यसै आर्थिक वर्षमा स्तरोन्नतिको काम हुने बताउनुभएको छ ।

जिल्ला समन्वय समितिको समीक्षा बैठकमा आज उहाँले पूर्वाधार निर्माणनै विकासको पहिलो आधार भएकाले जिल्लाका सबै सडकको स्तरोन्नतिको लागि यसै आवबाट काम शुरु हुने बताउनुभयो ।

मन्त्री बस्नेतले वातावरणीय प्रभाव मूल्याङ्कनको काम करीब करीब सकिएकाले सडकको स्तरोन्नतिको काम शुरु हुने उल्लेख गर्दै पिछडिएको जिल्लाबाट जाजरकोटको परिचय बदल्नका लागि धेरै दिन पर्खनु नपर्ने बताउनुभयो ।

लुम्बिनी–रारा सडकखण्डअन्तर्गत जाजरकोट खण्डको खलङ्गा–पाँचकाटिया सडकखण्डमा बजेट निर्धारण गरी काम गर्न लागिएको बताउँदै उहाँले पहिलो चरणमा सबै स्थानीय तहमा सडक कालोपत्र गर्ने काम हुने उल्लेख गर्नुभयो ।

मन्त्री बस्नेतले सडक निर्माण नै विकासको पहिलो आधार भएकाले सडक निर्माणपछि मात्र हाम्रा गाउँमा उत्पादित वस्तु बजारसम्म पुग्ने भन्दै अर्थ उर्पाजनको मुल आधार त्यहीबाट शुरु हुने बताउनुभयो ।

जाजरकोट आएको बजेट खर्च गर्न नसक्दा समस्या भएको यर्थाथ बताउँदै उहाँले यसका लागि नागरिक सचेत भएर खबरदारीका लागि आग्रहसमेत गर्नुभयो ।

जिल्लाका तीन ठाउँमा विद्युत् प्रसारणका लागि सवस्टेशन निर्माण गर्न लागिएको मन्त्री बस्नेतको भनाइ छ ।